पत्रकार महासंघमा जस्तै ओलीलाई चौथोमा पुर्‍याउने प्रचण्डको उद्घोषपछि तर्सिए शंकर पोखरेल – Janadesh Daily | ePaper

पत्रकार महासंघमा जस्तै ओलीलाई चौथोमा पुर्‍याउने प्रचण्डको उद्घोषपछि तर्सिए शंकर पोखरेल


जनादेश सोसल मिडिया वाच ।
शनिबार काठमाडौंमा आयोजित माओवादी केन्द्रको कर्णाली प्रदेश सम्पर्क समितिको भेलालाई सम्बोधन गर्दै पार्टी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले पत्रकार महासंघकै शैलीमा आगामी आम चुनावमा केपी ओली पक्षलाई चौथो स्थानमा पुर्‍याउनु पर्ने बताए ।

‘देशैभरि ओलीलाई चौथो नम्बरमा पुर्‍याइएको छ। तपाईं हेर्नुहोला चौथो नम्बरमा पुर्‍याइएको छ। आउने चुनावमा हामीले मोर्चा राम्रोसँग बनाएर हामी त्यसमा इमान्दार भयौं र मेहनत गर्‍यौं भने चौथो नम्बरमा पुग्ने पालो केपीको हो,’ उनले भने।

आगामी चुनावमा दलहरूसँग मोर्चा बनाएर ओलीको पार्टीलाई चौथो स्थानमा झार्ने उद्घोष प्रचण्डले गरेपछि लुम्बिनी प्रदेशका मुख्यमन्त्री समेत रहेका ओली निकट शंकर पोखरेलले जवाफ दिएका छन् ।

प्रचण्डको भनाईलाई लक्ष्य गर्दै लुम्बिनी प्रदेशका मुख्यमन्त्रीसमेत रहेका एमाले नेता पोखरेलले पत्रकार संगठनको चुनाव हार्दैमा आम चुनाव पनि त्यस्तै नहुने टिप्पणी गरेका हुन्।

‘हिजो युनियन र सेन्टर मिल्दा महासंघमा चौतारी हारेकै हो। आज त विपक्षमा महागठबन्धन थियो,’ नेता पोखरेलले सामाजिक सञ्जालमार्फत भनेका छन्, ‘तर आमचुनाव हिजो नि फरक भयो, भोलि नि हुनेछ।’

 

हिजो युनियन र सेन्टर मिल्दा महासंघमा चौतारी हारेकै हो । आज त विपक्षमा महागठवन्धन थियो । तर आमचुनाव हिजो नि फरक भयो,भोली नि हुनेछ ।

Posted by Shankar Pokhrel on Saturday, 10 April 2021

 

प्रचण्डले नेपाल पत्रकार महासंघको चुनावमा आफूहरूको पहलमा मोर्चाबन्दी गर्दा राम्रो परिणाम आएको र ओलीको समूहलाई चौथो नम्बरमा पुर्‍याउन सफल भएको बताएका थिए । जसपाका नेताहरूसँग पनि माओवादीको वेभलेन्थ पहिलेदेखि नै मिल्दै आएकोले मोर्चा बन्न सक्ने दाबी पनि प्रचण्डले गरेका थिए ।

भर्खरै सम्पन्न नेपाल पत्रकार महासंघको निर्वाचनमा प्रधानमन्त्री केपी शर्मा ओलीनिकट प्रेस चौतारीको प्यानल हारेको छ । आम चुनाव पनि यस्तै हुने अनुमान गर्न थालिएपछि ओलीनिकट एमाले नेता शंकर पोखरेलले प्रतिवाद गरेका हुन् ।

चौतारीबाट अध्यक्षको उम्मेदवार निर्मला शर्माको प्यानललाई नै पराजित गर्दै कांग्रेस, एमालेको माधव नेपाल पक्ष, माओवादी केन्द्र, मोहन वैद्य नेतृत्वको क्रान्तिकारी माओवादीनिकटका पत्रकार संगठनको गठबन्धनबाट अध्यक्ष उठेका प्रेस युनियनका विपुल पोखरेलको प्यानलै विजयी भएको हो।

यो पनि हेर्नुस्-

 प्रचण्ड, देउवा र महन्थ चाला देखेर खगेन्द्रलाई चल्यो झ्वाँक, भन्छन्- सत्ता राजनीतिको गधा जात्रा

के हुन्छ अबको राजनीतिः फरक छैन ओली र देउवाको दाउ

ओली-महन्थ मित्रता पहिल्यै सुरु भएको खुलासा, चुनावमा सहयात्रासम्मको योजना

"Janadeshdaily.com"

यो नेपाली भाषाको डिजीटल पत्रिका हो । हामी तपाइँहरु समक्ष छुट्टै दृष्टिकोण र स्वादका समाचार पस्किने प्रयासमा छौं । तपाइँको सल्लाह र सुझाव हाम्रालागि सधैं मार्गदर्शक रहनेछ । यो डिजिटल पत्रिका हेर्नुभएकोमा हार्दिक धन्यवाद । देश र दुनियाँको हरपल ताजा जानकारीसहितका समाचारका लागि जनादेश दैनिक । समाचार वा जानकारी छन् भने तत्काल पठाउनुस् हामी वृहत पाठकसमक्षक पुर्‍याउने छौं । समाचार, जानकारी वा तस्विर तथा भिडियो पठाउने इमेल ठेगाना- info@janadeshdaily.com

     
प्रतिक्रिया दिनुहोस्