आइपिएलः हैदराबादलाई हराउँदै कोलकाताको विजयी सुरुवात – Janadesh Daily | ePaper

आइपिएलः हैदराबादलाई हराउँदै कोलकाताको विजयी सुरुवात


जनादेश स्पोर्टस ।
कोलकाता नाइट राइडर्सले इन्डियन प्रिमियर लिग (आइपिएल) २०२१मा विजयी शुरूवात गरेको छ । आइतबार राति सम्पन्न खेलमा कोलकाताले सनराइजर्स हैदराबादलाई १० रनले पराजित गर्दै विजयी शुरूवात गरेको छ ।

जितको लागि १ सय ८८ रनको विजयी लक्ष्य पछ्याएको हैदराबादले निर्धारित २० ओभरमा ५ विकेट गुमाउँदै १ सय ७७ रन बनायो ।

हैदराबादका मनिष पाण्डे ४४ बलमा २ चौका र ३ छक्का ६१ रनमा अविजित रहे पनि जितका लागि पर्याप्त रहेन । त्यसअघि चेन्नईमा टस हारेर ब्याटिङ थालेको कोलकताले निर्धारित २० ओभरमा ६ विकेट गुमाउँदै १ सय ८७ रन बनाएको थियो ।

कोलकाता ओपनर नितेश रानाले ५६ बलमा ९ चौका र ४ छक्कासहित सर्वाधिक ८० रनको योगदान दिए ।

कोलकाताले आफ्नो दोस्रो खेल मंगलबार मुम्बईसँग खेल्ने छ भने हैदराबादले रोयल च्यालेन्जर्स बेंगलोरसँग बुधबार खेल्ने छ ।

"Janadeshdaily.com"

यो नेपाली भाषाको डिजीटल पत्रिका हो । हामी तपाइँहरु समक्ष छुट्टै दृष्टिकोण र स्वादका समाचार पस्किने प्रयासमा छौं । तपाइँको सल्लाह र सुझाव हाम्रालागि सधैं मार्गदर्शक रहनेछ । यो डिजिटल पत्रिका हेर्नुभएकोमा हार्दिक धन्यवाद । देश र दुनियाँको हरपल ताजा जानकारीसहितका समाचारका लागि जनादेश दैनिक । समाचार वा जानकारी छन् भने तत्काल पठाउनुस् हामी वृहत पाठकसमक्षक पुर्‍याउने छौं । समाचार, जानकारी वा तस्विर तथा भिडियो पठाउने इमेल ठेगाना- info@janadeshdaily.com

     
प्रतिक्रिया दिनुहोस्