लकडाउनको सम्भावना कति? यस्ता छन् पछिल्लो मन्त्रिपरिषद्का निर्णय – Janadesh Daily | ePaper

लकडाउनको सम्भावना कति? यस्ता छन् पछिल्लो मन्त्रिपरिषद्का निर्णय


जनादेश अपडेट ।

फेरि लकडाउन हुने हो कि भन्ने त्रास बढिरहेको समयमा सरकारले तत्काल विद्यालय बन्द वा लकडाउन जस्ता प्रतिबन्ध नलगाउने तर थप सतर्कता अपनाउने निर्णय गरेको छ ।

सरकारले कोरोना भाइरसको रोकथाम तथा नियन्त्रणका लागि जनस्वास्थ्यका नयाँ मापदण्ड जारी गर्ने भएको छ ।

सोमबार साँझ बसेको मन्त्रिपरिषद बैठकले नेपालमा कोरोना भाइरसको दोस्रो लहर फैलिँन नदिँन जनस्वास्थ्यका नयाँ मापदण्ड जारी गर्ने निर्णय गरेको हो ।

बैठकमा कोभिड संकट व्यवस्थापन केन्द्र (सीसीएमसी)को पछिल्लो प्रस्तावमाथि छलफल भएको सरकारका प्रवक्ता एवं सञ्चार तथा सूचना प्रविधि मन्त्री पार्वत गुरुङले जानकारी दिए ।

नयाँ प्रजाति कोरोनाको जोखिम बढ्न नदिँन पहिलो चरणमा नयाँ मापदण्डको बारेमा जनतालाई सार्वजनिक रुपमा अपिल गर्ने निर्णय भएको उनले जानकारी दिए ।

उप-प्रधानमन्त्री एवं सीसीएमसी संयोजक इश्वर पोखरेलले सरकारका तर्फबाट मंगलबार सार्वजनिक संचारमाध्यममार्फत देशबासीलाई मापदण्डको पालनाबारे अपिल गर्ने उनले बताए ।

तत्काल कुनै पनि क्षेत्र बन्द गर्ने निष्कर्षमा सरकार पुगिनसकेको उनले बताए ।

संक्रमणको परिस्थिती हेरेर सरकारले निर्णय लिने मन्त्री गुरुङले बताए । बैठकले सीसीएमसीले तयार पारेको मापदण्डलाई स्वीकृत गरेको उनले जानकारी दिए ।

सीसीएमसीले विद्यालय बन्द गर्नुपर्ने सुझाव दिएको भए पनि आजै सरोकारवालाहरुसँगको छलफलमा निजी विद्यालय सञ्चालकहरुले विद्यालय बन्द गर्न नहुने बताएका थिए।

"Janadeshdaily.com"

यो नेपाली भाषाको डिजीटल पत्रिका हो । हामी तपाइँहरु समक्ष छुट्टै दृष्टिकोण र स्वादका समाचार पस्किने प्रयासमा छौं । तपाइँको सल्लाह र सुझाव हाम्रालागि सधैं मार्गदर्शक रहनेछ । यो डिजिटल पत्रिका हेर्नुभएकोमा हार्दिक धन्यवाद । देश र दुनियाँको हरपल ताजा जानकारीसहितका समाचारका लागि जनादेश दैनिक । समाचार वा जानकारी छन् भने तत्काल पठाउनुस् हामी वृहत पाठकसमक्षक पुर्‍याउने छौं । समाचार, जानकारी वा तस्विर तथा भिडियो पठाउने इमेल ठेगाना- info@janadeshdaily.com

     
प्रतिक्रिया दिनुहोस्