एमाले फुट्न कसरी रोक्ने ? यस्तो छ योगेश भट्टराईको सुत्र – Janadesh Daily | ePaper

एमाले फुट्न कसरी रोक्ने ? यस्तो छ योगेश भट्टराईको सुत्र


जनादेश अपडेट ।

एमाले विभाजन टार्न कठिन हुने अवस्था आएपछि नेकपा नेता योगेश भट्टराइले पार्टी एकता जोगाउन षडयन्त्र र छलछाम बन्द गर्नुपर्ने बताएका छन् ।

सामाजिक सञ्जाल फेसबुकबाट उनले यस्तो आह्वान गरेका छन् । योगेशले लेखेका छन्– ‘आफूबाट भएको गल्ती सबैले दिलबाट स्वीकार गरी पार्टीलाई विधिसम्मत रुपमा संचालन गर्न सबै हुनुपर्छ ।’

फागुन २३ को अदालतको निर्णयलाई स्वीकार गर्दै २०७५ जेठ २ मा कायम रहेको केन्द्रीय कमिटि बैठक आयोजना गर्नुपर्ने उनको माग छ।

आलोचना र आत्मालोचना बारे –
पहिला २०७७ फागुन २३ गतेको सर्बोच्च अदालतको फैसलालाई सबैले स्वीकार गरौ ।
त्यसपछि २०७५ जेष्ठ…

Posted by Yogesh Bhattarai on Monday, 12 April 2021

 

सबै तहका अधिवेशन गरी आउदो निर्वाचनमा बहुमत ल्याउने कसम खानुनै सबैको भलो हुने उनले उल्लेख गरेका छन् ।

 

यो पनि हेर्नुहोस् –फुट् उन्मुख एमालेमा एमसिसीको मुद्दा फेरि पेचिलो भीम रावलले भने ‘ओली देशघाती’

"Janadeshdaily.com"

यो नेपाली भाषाको डिजीटल पत्रिका हो । हामी तपाइँहरु समक्ष छुट्टै दृष्टिकोण र स्वादका समाचार पस्किने प्रयासमा छौं । तपाइँको सल्लाह र सुझाव हाम्रालागि सधैं मार्गदर्शक रहनेछ । यो डिजिटल पत्रिका हेर्नुभएकोमा हार्दिक धन्यवाद । देश र दुनियाँको हरपल ताजा जानकारीसहितका समाचारका लागि जनादेश दैनिक । समाचार वा जानकारी छन् भने तत्काल पठाउनुस् हामी वृहत पाठकसमक्षक पुर्‍याउने छौं । समाचार, जानकारी वा तस्विर तथा भिडियो पठाउने इमेल ठेगाना- info@janadeshdaily.com

     
प्रतिक्रिया दिनुहोस्