AutoCAD तालिमको प्रमाण पत्र वितरण सम्पन्न – Janadesh Daily | ePaper

AutoCAD तालिमको प्रमाण पत्र वितरण सम्पन्न


जनादेश, दाङ। राप्ती इञ्जिनियरिङ कलेजमा वि.ई. सिभिल आठौँ सेमेष्टरमा अध्ययनरत विद्यार्थीहरुको लागि संचालन गरिएको AutoCAD तालिमको प्रमाण पत्र वितरण कार्यक्रम सम्पन्न भएको छ ।

मिति २०७७ साल चैत्र १ गते देखि १२ गते सम्म संचालन भएको तालिमका प्रशिक्षक ई.उमा भडेलले प्रशिक्षण दिनु भएको थियो ।

समापन कार्यक्रममा बौल्दै ई.उमा भडेलले आफुमा भएको सीपको प्रयोग गरेर मात्र रोजगारी सृजना गर्न सकिने भएकोले विद्यार्थी आफै अग्रसर भएर मेहनतका नयां नयां ज्ञानको बारेमा खोज अनुसान्धान गर्नु पर्नेमा जोड दिनुभएको थियो ।

कलेज व्यवस्थापन समितिका अध्यक्ष एंव प्रबन्ध निर्देशक भीमसेन गिरीले यो तालिमबाट विद्यार्थी स्वरोजगार तथा रोजगारी प्राप्त गर्नको लागि विद्यार्थीहरुले तालिमबाट सिकेका कुराहरु सु्क्ष्म अध्ययन गरी व्यवहारमा प्रयोग गर्न सके मात्र आर्थिक लाभ लिन सहयोग पुग्ने बताउनु भयो।

त्यसै गरी कलेजका एकेडेमिक कोर्डिनेटर एवं वि ई. सिभिल विभागिय प्रमुख ई. बाबुराम जोशीले ध्यानपुर्वक सिकाईले मात्र सफल र निश्चित उद्धेश्यमा पुग्न सकिने कुरामा जोड दिनु भएको थियो ।

 

"Janadeshdaily.com"

यो नेपाली भाषाको डिजीटल पत्रिका हो । हामी तपाइँहरु समक्ष छुट्टै दृष्टिकोण र स्वादका समाचार पस्किने प्रयासमा छौं । तपाइँको सल्लाह र सुझाव हाम्रालागि सधैं मार्गदर्शक रहनेछ । यो डिजिटल पत्रिका हेर्नुभएकोमा हार्दिक धन्यवाद । देश र दुनियाँको हरपल ताजा जानकारीसहितका समाचारका लागि जनादेश दैनिक । समाचार वा जानकारी छन् भने तत्काल पठाउनुस् हामी वृहत पाठकसमक्षक पुर्‍याउने छौं । समाचार, जानकारी वा तस्विर तथा भिडियो पठाउने इमेल ठेगाना- info@janadeshdaily.com

     
प्रतिक्रिया दिनुहोस्