प्युठान दुर्घटना अपडेटः गम्भीर अवस्थाका ६ जनालाई काठमाडौं ल्याइयो, ६ जना घर – Janadesh Daily | ePaper

प्युठान दुर्घटना अपडेटः गम्भीर अवस्थाका ६ जनालाई काठमाडौं ल्याइयो, ६ जना घर


जनादेश अपडेट ।

प्युठानमा भएको सवारी दुर्घटनाका गम्भीर घाइते ६ जनालाई थप उपचारका लागि बुधबार साँझ हेलिकप्टरबाट काठमाडौं ल्याइएको छ।

गृहमन्त्रालयले बुधबार अबेर विज्ञप्ति प्रकाशित गरी ६ जनालाई काठमाडौं ल्याइएको जानकारी दिएको हो।

बुधबार बिहान जिल्ला प्रशासन कार्यालय गुल्मीका कर्मचारी चढेको लु १ ज १६५५ नम्बरको जिप दुर्घटनामा हुँदा ५ जनाको ज्यान गएको थियो। घाइते ६ जनालाई उपचारका लागि काठमाडौं ल्याइएको र ६ जना प्युठानमै उपचारपछि घर फर्किएको गृहले जनाएको छ।

ज्यान गुमाउनेमा स्याङ्जा घर भई हाल जिल्ला प्रशासन कार्यालय गुल्मीमा प्रशासकीय अधिकृत पदमा कार्यरत श्याम न्यौपाने, कम्युटर अपरेटर सूर्यप्रसाद पन्थी, खरिदार ईश्वर भण्डारी, खरिदार यमलाल पन्थी र जिपका चालक गुल्मी मुसिकोट नगरपालिका ३ का केशव कार्की रहेका छन्।

गम्भीर घाइते सुनिता कडेल, गिता बोहरा (मुखिया), अनिस मुखिया, कमला पन्थी (ज्ञावली), सार्थक ज्ञावली, सन्जिव परियारलाई काठमाडाैं ल्याइएकाे हाे।

बिहान साढे ११ बजेको समयमा प्यूठानको स्वर्गद्वारी नगरपालिका २ रुमालेमा जीप दुर्घटना भएको थियो।

गुल्मीको रेशुङ्गा नगरपालिका ८ लाकुरी मन्चबाट स्वर्गद्वारी दर्शन गर्न गएका उनीहरु सवार जीप ओभरटेक गर्ने क्रममा सडकबाट डेढसय मिटर तल खसेको थियो।

"Janadeshdaily.com"

यो नेपाली भाषाको डिजीटल पत्रिका हो । हामी तपाइँहरु समक्ष छुट्टै दृष्टिकोण र स्वादका समाचार पस्किने प्रयासमा छौं । तपाइँको सल्लाह र सुझाव हाम्रालागि सधैं मार्गदर्शक रहनेछ । यो डिजिटल पत्रिका हेर्नुभएकोमा हार्दिक धन्यवाद । देश र दुनियाँको हरपल ताजा जानकारीसहितका समाचारका लागि जनादेश दैनिक । समाचार वा जानकारी छन् भने तत्काल पठाउनुस् हामी वृहत पाठकसमक्षक पुर्‍याउने छौं । समाचार, जानकारी वा तस्विर तथा भिडियो पठाउने इमेल ठेगाना- info@janadeshdaily.com

     
प्रतिक्रिया दिनुहोस्