गुरुङपछि अव हट्ने पालो पोखरेलको, सरकार ढल्ने चिन्ताले सामाजिक सञ्जालमा आक्रोश – Janadesh Daily | ePaper

गुरुङपछि अव हट्ने पालो पोखरेलको, सरकार ढल्ने चिन्ताले सामाजिक सञ्जालमा आक्रोश


जनादेश अपडेट ।
गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङको सरकार ढल्ने निश्चित भए लगत्तै लुम्बिनीमा पनि शंकर पोखरेलको सरकार ढाल्ने प्रयास थालिएको छ । नेकपा एमाले नेतृत्वको सरकारलाई दिएको समर्थन माओवादी र राष्ट्रिय जनमोर्चाले फिर्ता लिएसँगै गण्डकीका मुख्यमन्त्री पृथ्वी सुब्बा गुरुङ अल्पमतमा परेका छन् उनीविरुद्ध विहीबार अविश्वासको प्रस्ताव आउने सम्भावना छ ।

यता लुम्बिनीमा पनि सरकार परिवर्तनका लागि कांग्रेस र माओवादीले पहल थालेका छन् । आफूलाई हटाउने योजनामा लागेपछि नेकपा माओवादी केन्द्र र नेपाली कांग्रेसविरुद्ध लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले बुधबार आक्रोश व्यक्त गरेका छन्।

आफूविरुद्ध अविश्वास प्रस्ताव ल्याउने तयारी गरेपछि मुख्यमन्त्री पोखरेलले माओवादी र कांग्रेस मिलेर राजनीतिक अस्थिरता सिर्जना गर्न खोजको आरोप लगाएका हुन्।

नयाँ वर्षका दिन बुधबार राति मुख्यमन्त्री पोखरेलले सामाजिक सञ्जालमा लेखेका छन्, ‘नेपाली राजनीतिमा माओवादी र कांग्रेस मिलेर अस्थिरता र अन्योल सिर्जना गर्न त सक्लान्। तर विकल्प र स्थिरता दिने सामर्थ्य राख्दैनन्।’

माओवादी र कांग्रेसमा देशको समस्या समाधान गर्न सक्ने क्षमता नरहेको शंकर पोखरलेको दाबी छ । सरकार छोड्नु पर्ने अवस्थामा प्रधानमन्त्री केपी ओली नजिकका सबैको बोली र व्यवहार उस्तै देखिएको छ ।

 

 

"Janadeshdaily.com"

यो नेपाली भाषाको डिजीटल पत्रिका हो । हामी तपाइँहरु समक्ष छुट्टै दृष्टिकोण र स्वादका समाचार पस्किने प्रयासमा छौं । तपाइँको सल्लाह र सुझाव हाम्रालागि सधैं मार्गदर्शक रहनेछ । यो डिजिटल पत्रिका हेर्नुभएकोमा हार्दिक धन्यवाद । देश र दुनियाँको हरपल ताजा जानकारीसहितका समाचारका लागि जनादेश दैनिक । समाचार वा जानकारी छन् भने तत्काल पठाउनुस् हामी वृहत पाठकसमक्षक पुर्‍याउने छौं । समाचार, जानकारी वा तस्विर तथा भिडियो पठाउने इमेल ठेगाना- info@janadeshdaily.com

     
प्रतिक्रिया दिनुहोस्