च्याम्पियन्स लिगः लिभरपुललाई स्तब्ध पार्दै रियल मड्रिड सेमिफाइनलमा – Janadesh Daily | ePaper

च्याम्पियन्स लिगः लिभरपुललाई स्तब्ध पार्दै रियल मड्रिड सेमिफाइनलमा


जनादेश स्पोर्ट्स ।

लिभरपुल च्याम्पियन्स लिग फुटबलको क्वाटरफाइनलबाटै बाहिरिएको छ । दोस्रो लेग अन्तर्गत बुधबार राति भएको खेलमा गोलरहित बराबरी गरेको लिभरपुल स्पेनिस क्लब रियल मड्रिडसँग समग्रमा ३–१ ले पराजित भएको हो ।

भ्रमण टोली रियल मड्रिडले अवे मैदानमा भएको दोस्रो लेगमा गोल गर्न नसके पनि घरेलु मैदानमा भएको पहिलो लेगमा ३–१ को जित दर्ता गरेको थियो ।

यो सिजन लिभरपुलले खासै राम्रो गर्न सकेको छैन । प्रिमियर लिगमा छैटौँ स्थानमा रहेको उ चौथो स्थानको टिम भन्दा तीन अंकले पछि छ ।

लिभरपुललाई स्तब्ध पारेको रियल मड्रिडले फाइनल प्रवेशका लागि सेमिफाइनलमा चेल्सीको सामना गर्ने भएको छ ।

दोस्रो गेलमा लिभरपुलका मोहम्मद सालह र जेम्मस मिल्नरले गोल गर्ने प्रयास गरेका थिए, तर सफल हुन सकेनन् ।

"Janadeshdaily.com"

यो नेपाली भाषाको डिजीटल पत्रिका हो । हामी तपाइँहरु समक्ष छुट्टै दृष्टिकोण र स्वादका समाचार पस्किने प्रयासमा छौं । तपाइँको सल्लाह र सुझाव हाम्रालागि सधैं मार्गदर्शक रहनेछ । यो डिजिटल पत्रिका हेर्नुभएकोमा हार्दिक धन्यवाद । देश र दुनियाँको हरपल ताजा जानकारीसहितका समाचारका लागि जनादेश दैनिक । समाचार वा जानकारी छन् भने तत्काल पठाउनुस् हामी वृहत पाठकसमक्षक पुर्‍याउने छौं । समाचार, जानकारी वा तस्विर तथा भिडियो पठाउने इमेल ठेगाना- info@janadeshdaily.com

     
प्रतिक्रिया दिनुहोस्