बाबुराम भट्टराईको चेतावनीपूर्ण आह्वानः बैलैमा प्रतिवाद नगरे ठूलो क्षति हुनसक्छ – Janadesh Daily | ePaper

बाबुराम भट्टराईको चेतावनीपूर्ण आह्वानः बैलैमा प्रतिवाद नगरे ठूलो क्षति हुनसक्छ


जनादेश मिडिया वाच ।

पूर्वप्रधानमन्त्रीसमेत रहेका जनता समाजवादी पार्टीका संघीय परिषद् अध्यक्ष डा. बाबुराम भट्टराईले प्रधानमन्त्री केपी शर्मा ओलीको सरकारलाई छिटो भन्दा छिटो विस्थापन गर्नुपर्नेमा जोड दिएका छन् ।

‌ओली परिवर्तन उल्टाएर देशलाई २०४७ सालकै अवस्थामा फर्काउने योजनामा लागेको आरोप लगाउँदै बाबुरामले ढिलो नगर्न सचेत गराएका हुन्।

ओलीको एकपछि अर्काे ‘प्रतिगमनकारी’ कदमलाई अग्रमनकारी शक्तिले बेलैमा बुझेर प्रतिवाद नगरे ठूलो क्षति हुने खतरा रहेको डा. भट्टराईको दाबी छ।

बुधबार राति सामाजिक सञ्जालमार्फत भनेका छन्, ‘ओलीको निरन्तर प्रतिगमनकारी हर्कत र हठको स्रोत नेपालको संविधान र संघीय लोकतान्त्रिक गणतन्त्रलाई विविध बाटो÷चरणबाट उल्टाएर देशलाई २०४७ तिरै फर्काउने गेमप्लानको अंग हो भने अग्रगमनकारी शक्तिहरूले पनि बेलैमा यसलाई बुझेर प्रतिवाद गर्न नसकेको अपजस इतिहासको कठघरामा उभिएर बेहोर्नुपर्ला है !’

संसदमा चौथो ठूलो दल भएपनि गणितको हिसाबले जसपाले दिने समर्थनले सरकार ढल्ने वा नढल्ने विषय निर्धारण गर्ने देखिएको छ। तर यसका नेताहरु ओली सरकार विस्थापन गर्ने कि नगर्ने भन्नेमा विभाजित छन् । बाबुराम भट्टराई र उपेन्द्र यादव ओली सरकार हटाएर अर्को सरकार बनाउने पक्षमा छन् भने महन्थ ठाकुर र राजेन्द्र महतो यही सरकारसँग सहकार्य गर्ने मनस्थितिमा छन् ।

यो पनि हेर्नुस्- गुरुङपछि अव हट्ने पालो पोखरेलको, सरकार ढल्ने चिन्ताले सामाजिक सञ्जालमा आक्रोश

"Janadeshdaily.com"

यो नेपाली भाषाको डिजीटल पत्रिका हो । हामी तपाइँहरु समक्ष छुट्टै दृष्टिकोण र स्वादका समाचार पस्किने प्रयासमा छौं । तपाइँको सल्लाह र सुझाव हाम्रालागि सधैं मार्गदर्शक रहनेछ । यो डिजिटल पत्रिका हेर्नुभएकोमा हार्दिक धन्यवाद । देश र दुनियाँको हरपल ताजा जानकारीसहितका समाचारका लागि जनादेश दैनिक । समाचार वा जानकारी छन् भने तत्काल पठाउनुस् हामी वृहत पाठकसमक्षक पुर्‍याउने छौं । समाचार, जानकारी वा तस्विर तथा भिडियो पठाउने इमेल ठेगाना- info@janadeshdaily.com

     
प्रतिक्रिया दिनुहोस्