कसले र किन रोकेको हो एमसिसी ! – Janadesh Daily | ePaper

कसले र किन रोकेको हो एमसिसी !


जनादेश मिडिया वाच ।

प्रधानमन्त्री केपी शर्मा ओलीले अमेरिकी सहयोग परियोजना मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी) सम्बन्धी प्रस्ताव निर्णयार्थ संसद्मा पेस नगरेको भन्दै सभामुख अग्निप्रसाद सापकोटाको भूमिकाप्रति असन्तुष्टि व्यक्त गरेका छन् । प्रधानमन्त्री सभामुखविरुद्ध जंगिए पनि उनकै दल एमालेभित्र एमसीसीको विरोध गर्ने नेताहरुको कमी छैन ।

एमसीसी मुलुकको हितविपरीत रहेको भन्दै नेकपा माओवादी तथा नेकपा एमालेभित्रकै कतिपय नेताले यसलाई संशोधन नगरी अनुमोदन गर्न नहुने मत राख्दै आएका छन् । यसै कारण उक्त प्रस्ताव लामो समयदेखि संसद्मा रोकिएको छ ।

एमसीसीलाई संसद्बाट पारित गर्ने विषयमा तत्कालीन नेकपाभित्र चर्को विवाद भएको थियो । सोही कारण एमसीसीबारे अध्ययन गर्न वरिष्ठ नेता झलनाथ खनालको नेतृत्वमा कार्यदलसमेत गठन भएको थियो । कार्यदलले यथास्थितिमा एमसीसी संसद्बाट पारित गर्न नहुने सुझाव दिएपछि यो विषय थप पेचिलो बनेको थियो ।

एमसीसी कार्यान्वयनसम्बन्धी सम्झौताअनुसार उक्त परियोजना नेपालमा लागु गर्न संसद्बाट अनुमोदन हुनुपर्छ । तत्कालीन नेकपाभित्र दाहाल–नेपाल समूहले यथास्थितिमा एमसीसी संसद्बाट पारित गर्न नसकिने अडान राखेको थियो । नेकपाको एउटा खेमा एमसीसीलाई कुनै पनि हालतमा पारित हुन नदिने पक्षमा अडियो । त्यो धारको नेतृत्व नेकपा अध्यक्ष रहेका प्रचण्डले गरेका थिए ।

नागरिक दैनिकबाट साभार ।

यो पनि हेर्नुस्-

बाबुराम भट्टराईको चेतावनीपूर्ण आह्वानः बैलैमा प्रतिवाद नगरे ठूलो क्षति हुनसक्छ

गुरुङपछि अव हट्ने पालो पोखरेलको, सरकार ढल्ने चिन्ताले सामाजिक सञ्जालमा आक्रोश

ललितपुरमा भेटियो कोरोनाको ‘डबल म्युटेन्ट भेरिएन्ट’, भारतीयका कारण हवाई प्रतिबन्धको खतरा

"Janadeshdaily.com"

यो नेपाली भाषाको डिजीटल पत्रिका हो । हामी तपाइँहरु समक्ष छुट्टै दृष्टिकोण र स्वादका समाचार पस्किने प्रयासमा छौं । तपाइँको सल्लाह र सुझाव हाम्रालागि सधैं मार्गदर्शक रहनेछ । यो डिजिटल पत्रिका हेर्नुभएकोमा हार्दिक धन्यवाद । देश र दुनियाँको हरपल ताजा जानकारीसहितका समाचारका लागि जनादेश दैनिक । समाचार वा जानकारी छन् भने तत्काल पठाउनुस् हामी वृहत पाठकसमक्षक पुर्‍याउने छौं । समाचार, जानकारी वा तस्विर तथा भिडियो पठाउने इमेल ठेगाना- info@janadeshdaily.com

     
प्रतिक्रिया दिनुहोस्