संसारमा फेरि महामारीः हिजो साढे १३ हजारको मृत्यु, भारतमा थपिए एक दिनमै २ लाख बिरामी – Janadesh Daily | ePaper

संसारमा फेरि महामारीः हिजो साढे १३ हजारको मृत्यु, भारतमा थपिए एक दिनमै २ लाख बिरामी


अन्तर्राष्ट्रिय अपडेट ।

कोरोना भाइरसको संक्रमणबाट विश्वमा पछिल्लो २४ घण्टामा १३ हजार ५१३ जनाको मृत्यु भएको छ । सबैभन्दा बढी ब्राजिलमा ३ हजार ४६२ जनाको मृत्यु भएको छ ।

भारतमा एक हजार ३७, अमेरिकामा ९१५, फ्रान्समा २९७, रुसमा ३९९, टर्कीमा २७९, इटालीमा ४६९, पोल्याण्डमा ८०३, जर्मनीमा ४०५, अर्जेन्टिनामा ३६८, कोलम्बियामा ३३७, मेक्सिकोमा ५९२ युक्रेनमा ४६७ जनाको मृत्यु भएको छ ।

भारतमा भयावह, एकदिनमै थपिए २ लाख संक्रमित

भारतमा कोरोना भाइरसको संक्रमणमा नयाँ रेकर्ड कायम भएको छ । पछिल्लो २४ घण्टामा थप ‍१ लाख ९९ हजार ५६९ जनामा कोरोना भाइरसको संक्रमण भएको छ । भारतमा २४ घण्टामा संक्रमण पुष्टि हुनेको यो संख्या अहिलेसम्मकै धेरै हो ।

 

यसअघि (बुधबार) वैशाख १ मा भारतमा अहिलेसम्मकै दोस्रो धेरै १ लाख ८५ हजार २४८ जनामा संक्रमण पुष्टि भएको छ । पछिल्लो वृद्धिसँगै त्यहाँ संक्रमितको संख्या १ करोड ४० लाख ७० हजार ८९० पुगेको छ ।

यो समाचार तयार पार्दासम्म भारतमा १ करोड २४ लाख २६ हजार १४६ जना संक्रमणमुक्त भएका छन् । अब भारतमा सक्रिय संक्रमितको संख्या १४ लाख ७१ हजार ५९२ छ ।

यस्तै भारतमा कोरोना संक्रमणले मृत्यु हुनेको संख्या १ लाख ७३ हजार १५२ पुगेको छ । पछिल्लो २४ घण्टामा त्यहाँ थप १०३७ जनाको मृत्यु भएको छ ।

 

यो पनि हेर्नुस्- 

ललितपुरमा भेटियो कोरोनाको ‘डबल म्युटेन्ट भेरिएन्ट’, भारतीयका कारण हवाई प्रतिबन्धको खतरा

बाबुराम भट्टराईको चेतावनीपूर्ण आह्वानः बैलैमा प्रतिवाद नगरे ठूलो क्षति हुनसक्छ

"Janadeshdaily.com"

यो नेपाली भाषाको डिजीटल पत्रिका हो । हामी तपाइँहरु समक्ष छुट्टै दृष्टिकोण र स्वादका समाचार पस्किने प्रयासमा छौं । तपाइँको सल्लाह र सुझाव हाम्रालागि सधैं मार्गदर्शक रहनेछ । यो डिजिटल पत्रिका हेर्नुभएकोमा हार्दिक धन्यवाद । देश र दुनियाँको हरपल ताजा जानकारीसहितका समाचारका लागि जनादेश दैनिक । समाचार वा जानकारी छन् भने तत्काल पठाउनुस् हामी वृहत पाठकसमक्षक पुर्‍याउने छौं । समाचार, जानकारी वा तस्विर तथा भिडियो पठाउने इमेल ठेगाना- info@janadeshdaily.com

     
प्रतिक्रिया दिनुहोस्