गण्डकीका मुख्यमन्त्रीविरुद्ध अविश्वासको प्रस्ताव दर्ता, २८ सांसदको हस्ताक्षर – Janadesh Daily | ePaper

गण्डकीका मुख्यमन्त्रीविरुद्ध अविश्वासको प्रस्ताव दर्ता, २८ सांसदको हस्ताक्षर


जनादेश, काठमाडौँ ।

गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्बी सुब्बा गुरूङविरुद्ध अविश्वासको प्रस्ताव दर्ता भएको छ । प्रस्ताव आउन लागेको बेला सभाको चालु अधिवेशन अन्त्य गरिएपनि माओवादी केन्द्र र नेपाली कांग्रेसले अविश्वासको प्रस्ताव ल्याएका हुन् ।

विपक्षी दलले आफूविरुद्ध अविश्वासको प्रस्ताव दर्ता गर्ने तयारी गरेसँगै मुख्यमन्त्री पृथ्बी सुब्बा गुरूङले अधिवेशन अन्त्यको सिफारिस गरेका थिए । प्रदेश प्रमुख अमिक शेरचनले बुधबार राति १२ बजेदेखि लागू हुने गरी अधिवेशन अन्त्य गरेका छन् ।

तर मुख्यमन्त्रीविरुद्ध अविश्वासको प्रस्ताव भने अघि बढेको छ । अविश्वासको प्रस्ताव दर्ता भएको ३० दिन भित्र मुख्यमन्त्रीले विश्वासको मत लिनुपर्छ ।

गण्डकीमा माओवादी केन्द्र, नेपाली कांग्रेस र राष्ट्रिय जनमोर्चा मिलेर नयाँ सरकार बनाउन लागेका छन् । प्रदेशसभा सचिवालयमा दर्ता भएको अविश्वासको प्रस्तावमा नयाँ मुख्यमन्त्रीमा कांग्रेस संसदीय दलका नेता कृष्णचन्द्र नेपाली पोख्रेललाई प्रस्ताव गरिएको छ ।

अविश्वासको प्रस्तावमा कांग्रेसका १५, माओवादी केन्द्रका ११ र जसपाका २ प्रदेशसभा सदस्यले हस्ताक्षर गरेका छन् । तीन प्रदेशसभा सदस्य भएको राष्ट्रिय जनमोर्चाले प्रस्तावको पक्षमा मतदान गर्नेछन् ।
ब्ब

"Janadeshdaily.com"

यो नेपाली भाषाको डिजीटल पत्रिका हो । हामी तपाइँहरु समक्ष छुट्टै दृष्टिकोण र स्वादका समाचार पस्किने प्रयासमा छौं । तपाइँको सल्लाह र सुझाव हाम्रालागि सधैं मार्गदर्शक रहनेछ । यो डिजिटल पत्रिका हेर्नुभएकोमा हार्दिक धन्यवाद । देश र दुनियाँको हरपल ताजा जानकारीसहितका समाचारका लागि जनादेश दैनिक । समाचार वा जानकारी छन् भने तत्काल पठाउनुस् हामी वृहत पाठकसमक्षक पुर्‍याउने छौं । समाचार, जानकारी वा तस्विर तथा भिडियो पठाउने इमेल ठेगाना- info@janadeshdaily.com

     
प्रतिक्रिया दिनुहोस्