विपक्षीद्वारा गण्डकी प्रदेशमा विशेष अधिवेशन बोलाउन माग – Janadesh Daily | ePaper

विपक्षीद्वारा गण्डकी प्रदेशमा विशेष अधिवेशन बोलाउन माग


काठमाडैँ ।

नेपाली कांग्रेस, माओवादी केन्द्र र जनता समाजवादी पार्टीले गण्डकी प्रदेशमा विशेष अधिवेशन आह्वानको माग गरेका छन् ।

अविश्वासको प्रस्ताव छल्न गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्बी सुब्बा गुरूङको सिफारिसमा प्रदेश प्रमुख अमिक शेरचनले रातारात अधिवेशन अन्त्य गरेका थिए । तर, बिहिबार गुरूङविरुद्ध माओवादी केन्द्र र नेपाली कांग्रेसले अविश्वासको प्रस्ताव दर्ता गराएका छन् ।

प्रस्तावमा कांग्रेसका १५, माओवादी केन्द्रका ११ र जसपाका २ प्रदेशसभा सदस्यले हस्ताक्षर गरेका छन् ।अविश्वासको प्रस्ताव दर्ता भएको ३० दिन भित्र मुख्यमन्त्रीले विश्वासको मत लिनुपर्छ ।

"Janadeshdaily.com"

यो नेपाली भाषाको डिजीटल पत्रिका हो । हामी तपाइँहरु समक्ष छुट्टै दृष्टिकोण र स्वादका समाचार पस्किने प्रयासमा छौं । तपाइँको सल्लाह र सुझाव हाम्रालागि सधैं मार्गदर्शक रहनेछ । यो डिजिटल पत्रिका हेर्नुभएकोमा हार्दिक धन्यवाद । देश र दुनियाँको हरपल ताजा जानकारीसहितका समाचारका लागि जनादेश दैनिक । समाचार वा जानकारी छन् भने तत्काल पठाउनुस् हामी वृहत पाठकसमक्षक पुर्‍याउने छौं । समाचार, जानकारी वा तस्विर तथा भिडियो पठाउने इमेल ठेगाना- info@janadeshdaily.com

     
प्रतिक्रिया दिनुहोस्