चीनद्वारा छेन्दुमा रहेको महावाणिज्य दूतावास बन्द गर्न अमेरिकालाई आदेश – Janadesh Daily | ePaper

चीनद्वारा छेन्दुमा रहेको महावाणिज्य दूतावास बन्द गर्न अमेरिकालाई आदेश


जनादेश, काठमाडौँ ।

अमेरिकाले ह्युजटनको चिनियाँ महावाणिज्य दूतावास बन्द गर्न भने लगत्तै चीनले पनि छेन्दुमा रहेको अमेरिकी महावाणिज्य दूतावास बन्द गर्न आदेश दिएको छ । चिनियाँ विदेश मन्त्रालयले सिचुवान प्रान्तको राजधानी छेन्दुमा रहेको अमेरिकी महावाणिज्य दूतावास बन्द गर्न आदेश दिएको साउथ चाइना मर्निङ पोष्टले उल्लेख गरेको छ ।

यस्तै, अमेरिका र चीनबीच अहिले बिग्रदो सम्बन्धमा अमेरिकाको हात रहेको चीनले जनाएको छ । चिनियाँ विदेश मन्त्रालयले जारी गरेको विज्ञप्तिमा भनिएको छ ‘चीनले चालेको यो कदम वैधानिक र अमेरिकी अन्यायपूर्ण कार्यको आवश्यक जवाफ हो।’

‘चीन-अमेरिका सम्बन्ध अहिले जुन अवस्थाबाट गुज्रिरहेको छ यो चीनले हेर्न चाहेको दृश्य होइन यसका लागि पूर्ण रूपमा अमेरिका जिम्मेवार छ। हामी फेरि पनि अमेरिकालाई आफ्नो गलत निर्णय तत्काल फिर्ता लिएर दुई देशको सम्बन्धलाई पुरानै लयमा ल्याउने वातावरण बनाउन आग्रह गर्छौं।’ विज्ञप्तिमा उल्लेख गरिएको छ ।

एजेन्सी

"Janadeshdaily.com"

यो नेपाली भाषाको डिजीटल पत्रिका हो । हामी तपाइँहरु समक्ष छुट्टै दृष्टिकोण र स्वादका समाचार पस्किने प्रयासमा छौं । तपाइँको सल्लाह र सुझाव हाम्रालागि सधैं मार्गदर्शक रहनेछ । यो डिजिटल पत्रिका हेर्नुभएकोमा हार्दिक धन्यवाद । देश र दुनियाँको हरपल ताजा जानकारीसहितका समाचारका लागि जनादेश दैनिक । समाचार वा जानकारी छन् भने तत्काल पठाउनुस् हामी वृहत पाठकसमक्षक पुर्‍याउने छौं । समाचार, जानकारी वा तस्विर तथा भिडियो पठाउने इमेल ठेगाना- info@janadeshdaily.com

     
प्रतिक्रिया दिनुहोस्