कोरोनाको डरलाग्दो लहर, १४ जिल्ला किटेर स्वास्थ्य मन्त्रालयको विशेष अपील – Janadesh Daily | ePaper

कोरोनाको डरलाग्दो लहर, १४ जिल्ला किटेर स्वास्थ्य मन्त्रालयको विशेष अपील


जनादेश, काठमाण्डौ । स्वास्थ्य मन्त्रालयले कोभिड संक्रमण बढ्दो अवस्थामा रहेको बताउँदै उच्च सतर्कता अपनाउन अपिल गरेको छ ।

कोरोना सङ्क्रमितको अवस्था सामान्य : स्वास्थ्य मन्त्रालय – Dcnepal

मन्त्रालयले एक अपिल जारी गर्दै विशेष गरी बालबालिका, युवा वर्गमा संक्रमण तथा मृत्यु बढ्दो गतिमा रहेको भन्दै स्कुलसहितका भीडभाड हुने स्थानमा सहभागी नहुन आग्रह गरेको हो । १४ जिल्ला अति प्रभावित भएकाले सचेत रहन मन्त्रालयको अपिल छ ।

मन्त्रालयले अति प्रभावित भनी वर्गीकरण गरेका जिल्लाहरुमा काठमाडौं, ललितपुर, कास्की, रुपन्देही, चितवन, बाँके, पर्सा, भक्तपुर, कैलाली, मोरङ, दाङ, सुर्खेत, बारा र बाग्लुङ छन् । यी जिल्लामा बढी भीडभाड हुने सबै क्षेत्र तथा सेवाहरु अविलम्ब बन्द गर्नुपर्ने अवस्था भए पनि विद्यालय, रात्रि व्यवसायहरु, सात बजेपछि सबै रेष्टुरेन्ट तथा क्लबहरु, खेलकूद, जीम, सार्वजनिक पूजाआजा तथा जात्राहरु, सभा, सम्मेलन, बैठक तथा भेलाहरु, सिनेमा हल, सपिङ मल, नाचघर, पार्टी प्यालेस, हेल्थ क्लब, स्विमिङ पुल आदि स्थलहरुमा सहभागी नहुन मन्त्रालयले आग्रह गरेको छ ।

यसैबीच नेपालमा २४ घन्टामा नेपालमा थप ४ सय ९० जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । ४ हजार १ सय ५२ नमुना परीक्षण गर्दा सो संख्यामा कोरोना पुष्टि भएको मन्त्रालयले जानकारी दिएको हो । यो संगै कुल संक्रमीतको संख्या २ लाख ८२ हजार ५४ जना पुगेको छ जसमध्य ४ हजार ३ सय ८४ जना सक्रीय संक्रमीत रहेका छन् । आज काठमाडौँ उपत्यकामा मात्र १ सय ९६ जना संक्रमित थपिएका छन् ।

विभिन्न जिल्लामा गरेर थप ५ जना कोरोना संक्रमणका कारण ज्यान घुमाएका छन् । योसंगै हालसम्म ३ हजार ६६ जनाको मृत्यु भएको छ ।

 

"Janadeshdaily.com"

यो नेपाली भाषाको डिजीटल पत्रिका हो । हामी तपाइँहरु समक्ष छुट्टै दृष्टिकोण र स्वादका समाचार पस्किने प्रयासमा छौं । तपाइँको सल्लाह र सुझाव हाम्रालागि सधैं मार्गदर्शक रहनेछ । यो डिजिटल पत्रिका हेर्नुभएकोमा हार्दिक धन्यवाद । देश र दुनियाँको हरपल ताजा जानकारीसहितका समाचारका लागि जनादेश दैनिक । समाचार वा जानकारी छन् भने तत्काल पठाउनुस् हामी वृहत पाठकसमक्षक पुर्‍याउने छौं । समाचार, जानकारी वा तस्विर तथा भिडियो पठाउने इमेल ठेगाना- info@janadeshdaily.com

     
प्रतिक्रिया दिनुहोस्