आइसिटी क्षेत्रमा योगदान पुरयाउनेलाई पुरस्कार – Janadesh Daily | ePaper

आइसिटी क्षेत्रमा योगदान पुरयाउनेलाई पुरस्कार


काठमाडौँ । सरकारले सूचना तथा सञ्चार प्रविधिको क्षेत्रमा विशेष योगदान पु¥याउने व्यक्ति तथा संस्थालाई पुरस्कार प्रदान गर्ने भएको छ ।

खोजी नयाँ सञ्चार सचिवको, को–को छन् दौडमा?

सञ्चार तथा सूचना प्रविधि मन्त्रालयले राष्ट्रिय सूचना तथा सञ्चार प्रविधि पुरस्कारका विभिन्न पाँच विधामा आवेदन दिन एक सूचना जारी गरेको छ । राष्ट्रिय सूचना तथा सञ्चार प्रविधि दिवसका अवसरमा सो पुरस्कार वितरण गर्ने बताइएको छ ।

सूचना तथा सञ्चार प्रविधिमा विशेष योगदान पु¥याउने व्यक्ति तथा संस्थामध्येबाट सर्वोत्कृष्टलाई पाँच विधामा पुरस्कार वितरण गरिने मन्त्रालयले जनाएको छ ।

सरकारले नेशनल आइसिटी एक्सेलेन्स अवार्ड, नेशनल आइसिटी इन्नोभेसन अवार्ड, नेशनल आइसिटी अवार्ड (पब्लिक सेक्टर), नेशनल आइसिटी अवार्ड (प्राइभेट सेक्टर) र नेशनल आइसिटी एक्सेलेन्स अवार्ड (वुमन) विधामा पुरस्कार प्रदान गर्नेछ । सूचना तथा सञ्चार प्रविधिको विकास र प्रवद्र्धन गर्न हरेक वर्ष मे २ मा राष्ट्रिय सूचना तथा सञ्चार प्रविधि दिवस मनाइँदै आएको छ ।

राष्ट्रिय सूचना तथा सञ्चार प्रविधि पुरस्कारमा आवेदन दिनका लागि आवेदकले भर्नुपर्ने फारमको ढाँचा मन्त्रालयको वेबसाइटमा उपलब्ध रहेको बताइएको छ । यही वैशाख ४ गतेभित्र आवेदन फारम भर्न सकिनेछ । आवेदन फारम ष्अतबधबचम२mयअष्त।नयख।लउ इमेलमा वा सञ्चार तथा सूचना प्रविधि मन्त्रालयको सूचना प्रविधि महाशाखामा दर्ता गराउन सकिनेछ । रासस

"Janadeshdaily.com"

यो नेपाली भाषाको डिजीटल पत्रिका हो । हामी तपाइँहरु समक्ष छुट्टै दृष्टिकोण र स्वादका समाचार पस्किने प्रयासमा छौं । तपाइँको सल्लाह र सुझाव हाम्रालागि सधैं मार्गदर्शक रहनेछ । यो डिजिटल पत्रिका हेर्नुभएकोमा हार्दिक धन्यवाद । देश र दुनियाँको हरपल ताजा जानकारीसहितका समाचारका लागि जनादेश दैनिक । समाचार वा जानकारी छन् भने तत्काल पठाउनुस् हामी वृहत पाठकसमक्षक पुर्‍याउने छौं । समाचार, जानकारी वा तस्विर तथा भिडियो पठाउने इमेल ठेगाना- info@janadeshdaily.com

     
प्रतिक्रिया दिनुहोस्