एकैदिन १३ सयले बढ्यो सुनको भाउ – Janadesh Daily | ePaper

एकैदिन १३ सयले बढ्यो सुनको भाउ


जनादेश, काठमाडौँ ।

शुक्रबार सुनको भाउ प्रतितोला १३ सय रुपैयाँले बढेर नयाँ रेकर्ड राखेको नेपाल सुन चाँदी व्यवसायी महासंघले जनाएको छ । महासंघका अनुसार छापावाल सुनको भाउ तोलाको ९५ हजार ८ सय रुपैयाँ कायम भएको छ ।

यसैगरी, तेजावी सुनको भाउ तोलाको ९५ हजार ३६५ रुपैयाँ निर्धारण भएको छ । यो अहिलेसम्मकै सर्वाधिक बढी मूल्य हो । चाँदीको भाउ पनि अहिलेसम्मकै उच्च ११ सय ५० रुपैयाँ पुगेको छ ।

"Janadeshdaily.com"

यो नेपाली भाषाको डिजीटल पत्रिका हो । हामी तपाइँहरु समक्ष छुट्टै दृष्टिकोण र स्वादका समाचार पस्किने प्रयासमा छौं । तपाइँको सल्लाह र सुझाव हाम्रालागि सधैं मार्गदर्शक रहनेछ । यो डिजिटल पत्रिका हेर्नुभएकोमा हार्दिक धन्यवाद । देश र दुनियाँको हरपल ताजा जानकारीसहितका समाचारका लागि जनादेश दैनिक । समाचार वा जानकारी छन् भने तत्काल पठाउनुस् हामी वृहत पाठकसमक्षक पुर्‍याउने छौं । समाचार, जानकारी वा तस्विर तथा भिडियो पठाउने इमेल ठेगाना- info@janadeshdaily.com

     
प्रतिक्रिया दिनुहोस्