कर्णाली प्रदेश सरकार जोगिएपछि शंकर पोर्खेल किन डराए, यस्तो छ कारण – Janadesh Daily | ePaper

कर्णाली प्रदेश सरकार जोगिएपछि शंकर पोर्खेल किन डराए, यस्तो छ कारण


जनादेश सोसल मिडिया वाच । कर्णाली प्रदेश सरकार जोगिएपछि शंकर पोर्खेल डराएका छन्  ।

कर्णाली प्रदेशका मुख्यमन्त्री महेन्द्रबहादुर शाहीले शुक्रबार प्रदेशसभाबाट विश्वासको मत प्राप्त गरेका छन्।

उनको पार्टी नेकपा माओवादी केन्द्रका १२, नेपाली कांग्रेसका ६ र एमालेका ४ सहित २२ जना सांसद मत पाएपछि उनको पद जोगिएको छ। विश्वासको मतको लागि २० सांसद आवश्यक थियो।

एमालेले एक महिनाअघि मुख्यमन्त्री शाहीलाई दिएको समर्थन फिर्ता लिएपछि उनले विश्वासको मत मागेका थिए। माधव नेपाल समूहका सांसदहरुले संसदीय दलको ह्वीप उल्लंघन गर्ने आकलन गरिएको थियो।

शुक्रबार बिहान संसदीय दलका नेता यामलाल कँडेलको घरमा बसेको दलको बैठकले विश्वासको मतको विपक्षमा मतदान गर्न ह्वीप जारी गरेको थियो।

डराएका शकंर पोर्खेलले सामाजिक संञ्जालमा एक पोष्ट शेयर गर्दै लेखेका छन् ।

समातान्तर गतिविधिको गन्तव्य कर्णालीको जस्तै हुने हो । समय मै सचेत बनौं ।

यस घटनापछि लुम्बिनी प्रदेशका मुख्य मन्त्रि शंकर पोर्खेल पनि आफ्नो सरकार अब धेरैदिन नटिक्ने कुरामा प्रायः निश्चित जस्तै भएकाछन् ।

लुम्बिनी प्रदेशमा पनि सरकार परिर्वतनको जोड घटाउ शुरु भई सकेकोछ । यस कुराको जानकारी उनलाई पहिले नै भईसकेको छ ।

"Janadeshdaily.com"

यो नेपाली भाषाको डिजीटल पत्रिका हो । हामी तपाइँहरु समक्ष छुट्टै दृष्टिकोण र स्वादका समाचार पस्किने प्रयासमा छौं । तपाइँको सल्लाह र सुझाव हाम्रालागि सधैं मार्गदर्शक रहनेछ । यो डिजिटल पत्रिका हेर्नुभएकोमा हार्दिक धन्यवाद । देश र दुनियाँको हरपल ताजा जानकारीसहितका समाचारका लागि जनादेश दैनिक । समाचार वा जानकारी छन् भने तत्काल पठाउनुस् हामी वृहत पाठकसमक्षक पुर्‍याउने छौं । समाचार, जानकारी वा तस्विर तथा भिडियो पठाउने इमेल ठेगाना- info@janadeshdaily.com

     
प्रतिक्रिया दिनुहोस्