कोरोना त्रासका कारण रिपब्लीकन पार्टीको भेला स्थगित – Janadesh Daily | ePaper

कोरोना त्रासका कारण रिपब्लीकन पार्टीको भेला स्थगित


वासिङ्टन ।

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले फ्लोरिडामा आयोजना गर्न लागिएको रिपब्लीकन पार्टीको चुनावी सभा स्थगित गर्नु भएको छ । अमेरिकाको फ्लोरिडामा कोरोनाभाइरस संक्रमितको संख्या बढेसँगै ट्रम्पले बिहीबार भेला स्थगित गर्नु भएको हो ।

अमेरिकामा दिनप्रतिदिन बढ्दो कोरोना भाइरसको प्रकोपका कारण उक्त सम्मेलन स्थगित हुन पुगेको पनि राष्ट्रपति डोनाल्ड ट्रम्पले जानकारी दिनुभएको छ । उहाँले भन्नुभएको छ कि यो समय सम्मेलन गर्नका लागि उचित समय होइन । त्यसैले मैले यस समयमा साथीहरुलाई यो सम्मेलन स्थगित गर्नुपर्छ म उहाँहरुलाई अनुरोध गर्नेछु ।

ह्वाइट हाउसमा आयोजित पत्रकार सम्मेलनमा उहाँले अर्को महिना ज्याक्सनभिल्लेमा गर्न लागिएको अर्को भेला पनि रद्द गरेको जानकारी दिनुभयो । राष्ट्रपति ट्रम्पले यस्तो संकटको समयमा ठूला, भिडभाडयुक्त भेला गर्नु उपयुक्त नभएको स्पष्ट गर्नुभयो ।

अमेरिकी जोन्स हप्किन्स विश्वविद्यालयले संयुक्तराज्य अमेरिकामा कोरोनाभाइरस संक्रमितको संख्या ४० लाखभन्दा बढी पुगिसकेको विवरण सार्वजनिक गरेको केही घण्टापछि राष्ट्रपति ट्रम्पले यस्तो घोषणा गर्नु भएको हो । अमेरिकामा कोरानाभाइरसकै कारण एक लाख ४४ हजारभन्दा बढीको ज्यान गइसकेको छ ।

दोस्रो स्थानमा ब्राजिलमा सबैभन्दा बढीको मृत्यु भएको छ भने भारतमा कोराना संक्रमितको संख्या नाटकीय रुपमा बढ्दै गएको छ । संयुक्तराज्य अमेरिकामा दक्षिणी र पश्चिमी राज्यहरु टेक्सास, क्यालिफोर्निया, अलाबामा, इडाहो र फ्लोरिडामा सबैभन्दा बढी प्रभाव देखिएको छ ।

राष्ट्रपति ट्रम्पले उत्तरी क्यारोलिनामा चाँडै अर्को भेला आयोजना गर्ने जानकारी दिनुभयो । यो बैठकले आगामी नोभेम्बरमा हुने अमेरिकी राष्ट्रपतिको चुनावका लागि रिपब्लीकन पार्टीका तर्फबाट राष्ट्रपति ट्रम्पलाई पुनः उम्मेदवार बनाउन औपचारिक मनोनयन गर्नेछ ।

ज्याक्सनभिल्ले सम्मेलन आगामी अगष्ट २४–२७ मा हुँदैछ तर यो शहरमै अहिले कोरोना संक्रमितको संख्या दिनहुँ व्यापक रुपमा बढिरहेको छ । हाल सो सम्मेलनलाई सम्पन्न गर्न नसकिने तर र अन्यत्रका कार्यक्रमहरु भने निरन्तर गर्न सकिनेछ ।

उहाँले नर्थ क्यारोलिनाका सम्मेलनहरु भने समयमै आयोजना गर्न सकिने जनाउनुभएको छ । नर्थ क्यारोलिनामा आगामी अगष्ट २४ मा सम्मेलन राखिएको छ । अमेरिकामा पछिल्लो ससमयमा निकै ठूलो संख्यामा कोरोना भाइरसका संक्रमितहरु बढिरहेका छन् ।

"Janadeshdaily.com"

यो नेपाली भाषाको डिजीटल पत्रिका हो । हामी तपाइँहरु समक्ष छुट्टै दृष्टिकोण र स्वादका समाचार पस्किने प्रयासमा छौं । तपाइँको सल्लाह र सुझाव हाम्रालागि सधैं मार्गदर्शक रहनेछ । यो डिजिटल पत्रिका हेर्नुभएकोमा हार्दिक धन्यवाद । देश र दुनियाँको हरपल ताजा जानकारीसहितका समाचारका लागि जनादेश दैनिक । समाचार वा जानकारी छन् भने तत्काल पठाउनुस् हामी वृहत पाठकसमक्षक पुर्‍याउने छौं । समाचार, जानकारी वा तस्विर तथा भिडियो पठाउने इमेल ठेगाना- info@janadeshdaily.com

     
प्रतिक्रिया दिनुहोस्