कोरोना संक्रमणका कारण ८५ वर्षीया वृद्धाको मृत्यु – Janadesh Daily | ePaper

कोरोना संक्रमणका कारण ८५ वर्षीया वृद्धाको मृत्यु


जनादेश, वीरगञ्ज ।

कोरोना संक्रमणका कारण वीरगञ्जमा आज एक वृद्धाको मृत्यु भएको छ ।

गण्डक कोभिड अस्पतालमा उपचाररत ८५ वर्षीया वृद्धाको शुक्रबार बिहान साढे ११ बजे मृत्यु भएको अस्पतालले जनाएको छ । केही दिन अघि निमोनियाका कारण अस्पताल भर्ना भएकी वृद्धा मुटु रागी समेत रहेको खुलेको छ ।

अस्पताल भर्ना भएलगत्तै साउन ७ गते गरीएको कोरोना परीक्षणमा उनको रिपोर्ट पोजिटिभ आएको थियो ।

"Janadeshdaily.com"

यो नेपाली भाषाको डिजीटल पत्रिका हो । हामी तपाइँहरु समक्ष छुट्टै दृष्टिकोण र स्वादका समाचार पस्किने प्रयासमा छौं । तपाइँको सल्लाह र सुझाव हाम्रालागि सधैं मार्गदर्शक रहनेछ । यो डिजिटल पत्रिका हेर्नुभएकोमा हार्दिक धन्यवाद । देश र दुनियाँको हरपल ताजा जानकारीसहितका समाचारका लागि जनादेश दैनिक । समाचार वा जानकारी छन् भने तत्काल पठाउनुस् हामी वृहत पाठकसमक्षक पुर्‍याउने छौं । समाचार, जानकारी वा तस्विर तथा भिडियो पठाउने इमेल ठेगाना- info@janadeshdaily.com

     
प्रतिक्रिया दिनुहोस्