साम्राज्ञीविरुद्ध भुवन केसीले मुद्दा हाले – Janadesh Daily | ePaper

साम्राज्ञीविरुद्ध भुवन केसीले मुद्दा हाले


जनादेश, काठमाडौँ ।

अभिनेत्री साम्राज्ञी राज्यलक्ष्‍मी शाहले आफूविरुद्ध झुटो आरोप लगाएको बताउदै अभिनेता भुवन केसीले जिल्ला अदालत काठमाडौंमा मुद्दा दर्ता गरेका छन् । केसीले शुक्रवार शाहविरुद्ध गाली बेइज्जती मुद्दा दर्ता गराएका छन् । मुद्दा दर्ता भइसकेको र छानबिन प्रक्रिया अघि बढाइएको जनाइएको छ ।

यसअघि अभिनेता केसीले चलचित्र कलाकार संघमा समेत सामाज्ञ्रीले आफूमाथि झुटो आरोप लगाएको भन्दै उजुरी दिएका थिए । यस्तै, सामाग्रीकी आमा नेहा राज्यलक्ष्मी शाहले भने आफूहरुलाई मुद्दाबारे कुनै औपचारिक जानकारी नआएको बताएकी छन् ।

साम्राज्ञीले सामाजिक सञ्जाल फेसबुकमा भिडियो सार्वजनिक गर्दै केसीले आफुमाथि दुर्व्यवहार गरेको बताएकी थइन् । सो भिडियो सार्वजनिक भएसँगै केसीले उक्त कुराको खण्डन गर्दै आएका छन् ।

"Janadeshdaily.com"

यो नेपाली भाषाको डिजीटल पत्रिका हो । हामी तपाइँहरु समक्ष छुट्टै दृष्टिकोण र स्वादका समाचार पस्किने प्रयासमा छौं । तपाइँको सल्लाह र सुझाव हाम्रालागि सधैं मार्गदर्शक रहनेछ । यो डिजिटल पत्रिका हेर्नुभएकोमा हार्दिक धन्यवाद । देश र दुनियाँको हरपल ताजा जानकारीसहितका समाचारका लागि जनादेश दैनिक । समाचार वा जानकारी छन् भने तत्काल पठाउनुस् हामी वृहत पाठकसमक्षक पुर्‍याउने छौं । समाचार, जानकारी वा तस्विर तथा भिडियो पठाउने इमेल ठेगाना- info@janadeshdaily.com

     
प्रतिक्रिया दिनुहोस्