कोरोना संक्रमणबाट थप एकको मृत्यु, मृतकको संख्या ४४ पुग्यो – Janadesh Daily | ePaper

कोरोना संक्रमणबाट थप एकको मृत्यु, मृतकको संख्या ४४ पुग्यो


जनादेश वीरगञ्ज।

नेपालमा कोरोना संक्रमणबाट आज थप एकको मृत्यु भएको छ । वीरगञ्जको गण्डक कोभिड अस्पतालमा उपचारको क्रममा ८५ वर्षीया वृद्धाको शुक्रबार बिहान साढे ११ बजे मृत्यु भएको अस्पतालका कोर्डिनेटर डा.उदयनारायण सिंहले जानकारी दिए ।

डा. सिंहका अनुसार केही दिनअघि निमोनिया भएर  एडभान्स अस्पतालमा भर्ना भएकी उनी मुटुको रोगी थिइन् ।

साउन ७ गते कोरोना संक्रमण पुष्टि भएपछि उनलाई बिहीबार एडभान्स अस्पतालबाट गण्डक कोभिड अस्पतालमा ल्याइएको थियो ।

"Janadeshdaily.com"

यो नेपाली भाषाको डिजीटल पत्रिका हो । हामी तपाइँहरु समक्ष छुट्टै दृष्टिकोण र स्वादका समाचार पस्किने प्रयासमा छौं । तपाइँको सल्लाह र सुझाव हाम्रालागि सधैं मार्गदर्शक रहनेछ । यो डिजिटल पत्रिका हेर्नुभएकोमा हार्दिक धन्यवाद । देश र दुनियाँको हरपल ताजा जानकारीसहितका समाचारका लागि जनादेश दैनिक । समाचार वा जानकारी छन् भने तत्काल पठाउनुस् हामी वृहत पाठकसमक्षक पुर्‍याउने छौं । समाचार, जानकारी वा तस्विर तथा भिडियो पठाउने इमेल ठेगाना- info@janadeshdaily.com

     
प्रतिक्रिया दिनुहोस्