भारतमा कुन स्तरको भयावह छः यी तस्विर आफै बोल्छन् (फोटो फिचर) – Janadesh Daily | ePaper

भारतमा कुन स्तरको भयावह छः यी तस्विर आफै बोल्छन् (फोटो फिचर)


अन्तर्राष्ट्रिय अपडेट ।

कोरोना महामारीको दोश्रो लहरको भयावह चपेटामा परेको भारतमा पछिल्लो २४ घन्टामा ३ लाख १९ हजार ४३५ जना संक्रमित भएका छन् भने २ हजार ७६४ जनाको मृत्यु भएको छ ।

भारतमा अघिल्लो दिनको तुलनामा सोमबार संक्रमित र मृत्यु हुनेको संख्यामा केही कमी आएको हो । आइतबार ३ लाख ५४ हजार संक्रमित भएका थिए भने २८ सयको मृत्यु भएको थियो।

पछिल्ला केही दिन यता दैनिक नयाँ रेकर्ड कायम हुँदै आएको भारतमा आज लगातार छैटौँ दिन पनि संक्रमितको संख्या ३ लाख नाघेको छ ।

पछिल्लो २४ घण्टामा थप ३ लाख १९ हजार ४३५ जनामा संक्रमण भएको छ । यसअघि (सोमबार ) वैशाख १३ मा भारतमा दोस्रो धेरै ३ लाख ५४ हजार ५३१ जनामा संक्रमण पुष्टि भएको थियो ।

अक्सिजन र बेडसमेत नभएपछि अवस्था भयावह
भारतमा अस्पतालहरु थप सेवा प्रदान गर्न नसक्ने अवस्थामा पुगेका छन्। बिरामीहरुले अक्सिजन पाएका छैनन्।

दैनिक साढे तीनलाखको हाराहारीमा संक्रमित थपिँदै गएका छन्। कोभिड–१९ का कारण दैनिक रुपमा झण्डै तीन हजार मानिसको ज्यान गइरहेको छ।

ज्यान गुमाएकाहरु मध्येलाई भेन्टिलेटर तथा आइसियू बेड र अक्सिजन पाएको भए बचाउन सकिने डाक्टरहरुले बताइरहेका छन्।

संक्रमणका कारण गम्भीर भएका आफन्तका लागि अक्सिजन नपाएको भन्दै परिवारजनले हारगुहार गरिरहेका छन्। बिरामी बोक्ने एम्बुलेन्सको पनि अभाव भएको छ।

तर संक्रमण अति भयावह अवस्थामा पुग्दा भारत सरकारले सामाजिक सञ्जालमा त्यसलाई देखाउने तस्बिर तथा सामग्रीहरु पोस्ट गर्न नपाउने वा पोस्ट भएमा हटाउन निर्देशन दिएको छ।

भारतमा अहिलेसम्म एक करोड ७३ लाख १३ हजार भन्दा धेरै पुगेको छ। कोभिड–१९ बाट अहिलेसम्म एक लाख ९५ हजार भन्दा बढि भारतीयको ज्यान गएको छ।

डब्लुएचओका प्रमुख टेड्रोस एडहानम गेहब्रेससले भारतमा कोरोना महामारीको अवस्थाप्रति दुःख व्यक्त गरेका छन्। मिडिया ब्रिफिङका क्रममा उनले वैश्विक स्तरमा कोरोना महामारीको कहर लगातार जारी रहेको भन्दै चिन्ता व्यक्त गरे।

उनले विश्वका केही देशमा फेरि कोरोना संक्रमणदर तीव्र बनेको भन्दै भारतजस्ता देशको अवस्था निकै दुःखद भएको उल्लेख गरे। उनले कोरोना नियन्त्रणका लागि डब्लुएचओले सक्दो सहयोग गर्ने समेत बताए।

"Janadeshdaily.com"

यो नेपाली भाषाको डिजीटल पत्रिका हो । हामी तपाइँहरु समक्ष छुट्टै दृष्टिकोण र स्वादका समाचार पस्किने प्रयासमा छौं । तपाइँको सल्लाह र सुझाव हाम्रालागि सधैं मार्गदर्शक रहनेछ । यो डिजिटल पत्रिका हेर्नुभएकोमा हार्दिक धन्यवाद । देश र दुनियाँको हरपल ताजा जानकारीसहितका समाचारका लागि जनादेश दैनिक । समाचार वा जानकारी छन् भने तत्काल पठाउनुस् हामी वृहत पाठकसमक्षक पुर्‍याउने छौं । समाचार, जानकारी वा तस्विर तथा भिडियो पठाउने इमेल ठेगाना- info@janadeshdaily.com

     
प्रतिक्रिया दिनुहोस्