एकतिहाई भन्दा कम जिल्लामात्र निषेधाज्ञारहित, यी जिल्लामा पनि लागे देश लकडाउनमा – Janadesh Daily | ePaper

एकतिहाई भन्दा कम जिल्लामात्र निषेधाज्ञारहित, यी जिल्लामा पनि लागे देश लकडाउनमा


जनादेश वाच ।

नेपालमा कोरोना भाइरसबाट संक्रमित हुने र मृत्यु हुनेको संख्या डरलाग्दो दरमा बढिरहेको छ । सक्रिय संक्रमितको सख्या करिव ७० हजार पुग्दा दैनिक ५० जनाभन्दा बढीको मृत्यु हुन थालेको छ ।

नेपालमा झण्डै १२७ प्रतिशत वृद्धिसहित संक्रमण बढ्दो दरमा रहेको चिकित्सकको भनाई छ । यस्तै सुदूरपश्चिममा १९८, कर्णालीमा १०५ , गण्डकीमा १०९, बागमतीमा १२२, प्रदेश २ मा १३० र प्रदेश १ मा १४७ प्रतिशत संक्रमित बढेको तथ्याङ्कले देखाएको छ ।

प्रत्येक दिन संक्रमितको संख्या प्रति १ लाख जनसंख्यामा १० प्रतिशत भन्दा बढी भएको खण्डमा महामारी फैलिएको भन्ने बुझिने चिकित्सकको भनाई छ ।

दुईतिहाई देश लकडाउनमा

कोरोना भाइरसको संक्रमण भयावहरुपमा बढेपछि देशमा ५६ जिल्लामा निषेधाज्ञा जारी भैसकेको छ । वैशाख ७ देखि जारी हुन थालेको निषेधाज्ञा ५६ जिल्लामा पुगेको छ । त्यसमध्ये ४१ जिल्लामा पूर्ण र १५ जिल्लामा आंशिक आदेश जारी भएको छ । अब २१ जिल्ला मात्र खुला छन् ।

बुधबार साँझसम्म ५६ जिल्लामा निषेधको आदेश जारी भएको गृह मन्त्रालयले जनाएको छ । पछिल्लो तथ्यांकमा दोलखामा जिल्लाभर र इलाम, धनकुटा र सिन्धुपाल्चोकमा केही ठाउँमा निषेध आदेश जारी गरिएको मन्त्रलायले जनाएको छ ।

निषेधाज्ञाभर अत्यावश्यक बाहकेका सेवा र सवारीसाधन सञ्चालनमा रोक लगाइएको छ । कोरोना भाइरसको सङक्रमण देशभर नै बढिरहेकोले निषेधाज्ञा अझै बढ्न सक्ने मन्त्रालयले जनाएको छ ।

गृह मन्त्रालयले काम नपरी बाहिर ननिस्कन आग्रह गरेको छ । अनावश्यक बाहिर निस्कने र निषेधाज्ञा उल्लंघन गर्नेलाई सङ्क्रामक रोग ऐन २०२० अनुसार कारबाही गरिने मन्त्रालयले चेतावनी दिएको छ ।

कहाँ कहाँ छ निषेधाज्ञा हेर्नुहोस् सूची

[embeddoc url=”http://janadeshdaily.com/wp-content/uploads/2021/05/Nisedhyagya-Jilla-52.pdf”]

"Janadeshdaily.com"

यो नेपाली भाषाको डिजीटल पत्रिका हो । हामी तपाइँहरु समक्ष छुट्टै दृष्टिकोण र स्वादका समाचार पस्किने प्रयासमा छौं । तपाइँको सल्लाह र सुझाव हाम्रालागि सधैं मार्गदर्शक रहनेछ । यो डिजिटल पत्रिका हेर्नुभएकोमा हार्दिक धन्यवाद । देश र दुनियाँको हरपल ताजा जानकारीसहितका समाचारका लागि जनादेश दैनिक । समाचार वा जानकारी छन् भने तत्काल पठाउनुस् हामी वृहत पाठकसमक्षक पुर्‍याउने छौं । समाचार, जानकारी वा तस्विर तथा भिडियो पठाउने इमेल ठेगाना- info@janadeshdaily.com

     
प्रतिक्रिया दिनुहोस्