चीनमा चारवटा अफ्रिकी हात्ती जत्रो ठूलो र जिराफभन्दा अग्लो गैँडाको अवशेष भेटियो – Janadesh Daily | ePaper

चीनमा चारवटा अफ्रिकी हात्ती जत्रो ठूलो र जिराफभन्दा अग्लो गैँडाको अवशेष भेटियो


एजेन्सी ।

पश्चिमोत्तर चीनमा फेला परेको अवशेषहरू छुट्टै प्रजातिको गैँडाका भएको अनुसन्धानकर्ताहरूले बताएका छन् ।

‘प्यारासेराथेरिअम लिन्शियाएन्स’ नाम दिइएको उक्त जीव २.६५ करोड वर्षअघि अस्तित्वमा रहेको र झन्डै २१ टन तौल भएको उक्त गैँडाका चारवटा अफ्रिकी हात्ती जत्रो ठूलो र जिराफभन्दा अग्लो भएको वैज्ञानिकहरूको भनाइ छ । सिङ नभएको उक्त गैँडाले चर्नका लागि सात मिटर अग्ला रूखका टुप्पासम्म टाउको पुर्‍याउन सक्ने बीबीसीले जनाएको छ ।

बीबीसीका अनुसार यसबारे ‘कम्यूनिकेशन्स बायोलजी’ जर्नलमा प्रकाशित शोधमा वैज्ञानिकहरूले सन् २०१५ मा फेला परेका जीवाश्मको विश्लेषण गर्दा अन्य भीमकाय गैँडाभन्दा यो नितान्त भिन्न प्रजातिको भएको सङ्केत पाइएको जनाएका छन् ।

"Janadeshdaily.com"

यो नेपाली भाषाको डिजीटल पत्रिका हो । हामी तपाइँहरु समक्ष छुट्टै दृष्टिकोण र स्वादका समाचार पस्किने प्रयासमा छौं । तपाइँको सल्लाह र सुझाव हाम्रालागि सधैं मार्गदर्शक रहनेछ । यो डिजिटल पत्रिका हेर्नुभएकोमा हार्दिक धन्यवाद । देश र दुनियाँको हरपल ताजा जानकारीसहितका समाचारका लागि जनादेश दैनिक । समाचार वा जानकारी छन् भने तत्काल पठाउनुस् हामी वृहत पाठकसमक्षक पुर्‍याउने छौं । समाचार, जानकारी वा तस्विर तथा भिडियो पठाउने इमेल ठेगाना- info@janadeshdaily.com

     
प्रतिक्रिया दिनुहोस्