कोही खाल्डो खनिरहने अरू पुरिरहने खेलमा नलागौं भन्दै बाबुरामले लेखेः अब त चेतौं – Janadesh Daily | ePaper

कोही खाल्डो खनिरहने अरू पुरिरहने खेलमा नलागौं भन्दै बाबुरामले लेखेः अब त चेतौं


जनादेश सोसल मिडिया वाच ।

जनता समाजवादी पार्टी (जसपा)का संघीय परिषद् अध्यक्ष तथा पूर्वप्रधानमन्त्री डा बाबुराम भट्टराईले अब राजनीतिक दलहरुले चेत्नु पर्ने बताएका छन् ।

मन्त्रिपरिषद् विस्तार गर्ने प्रधानमन्त्री केपी ओलीको कदमलाई सर्वोच्चले उल्ट्याइदिएपछि बाबुरामले संसद पुनर्स्थापना गरेर संविधान र लोकतन्त्र ट्र्याकमा ल्याउन ढिलाइ गर्न नहुने बताएका हुन् ।

उनले अब कसैलेपनि गल्ती दोहोर्याउन नहुने भन्दै सबैले बेलैमा चेत्नुपर्नेमा जोड दिएका छन् । अरु देश आफ्ना नागरिकलाई कोभिड खोप जुटाउन व्यस्त रहँदा हामी चाहिं कोही खाल्डो खनिरहने अरू पुरिरहने खेलमै समय–शक्ति खर्चिरहेको भन्दै उनले अब चाहिँ बेलैमा चेत्नुपर्ने उनले ट्वीटरमा उल्लेख गरेका छन् ।

‘अरू देश आफ्ना नागरिक सबैलाई छिटो कोभिड९१९ खोप जुटाउन व्यस्त छन्,हामी चाहिं कोही खाल्डो खनिरहने अरू पुरिरहने खेलमै समय–शक्ति खर्चने भयौं’, उनले भनेका छन्, ‘अब त चेतौं–छिटो संवैधानिक परिषद विधेयक खारेजी र संसद पुनर्स्थापना गरेर संविधान–लोकतन्त्र ट्र्याकमा ल्याऊ! अदालत–दलनागरिकले आआफ्नो धर्म निभाऊॅ ।’

पछिल्लो समय अदालतले प्रधानमन्त्री ओलीका निर्णय एकपछि अर्काे बदर गरिरहेको छ।

यो पनि हेर्नुस्- अदालतको फैसलाबारे प्रचण्डको भविष्यवाणी मिलेको भन्दै ओली गुटमा खैलाबैला

मंगलबार सर्वाेच्च अदाललते पुनर्गठित मन्त्रिपरिषद् बदर गरेसँगै २० मन्त्री बर्खास्त भएका छन् भने प्रधानमन्त्री ओलीसमेत अब उनको सरकार ५ सदस्यीय बनेको छ। राजनीतिक जोडघटाउ मिलाउन प्रधानमन्त्री ओलीले २१ र २७ जेठमा थपेका २० मन्त्रीलाई मंगलबार सर्वोच्च अदालतले पदमुक्त गरिदिएको छ । सर्वोच्चको यो निर्णयसँगै प्रधानमन्त्री ओली थप संकटमा परेका छन् ।

यो पनि हेर्नुस- ओलीलाई सर्वोच्चको सर्वाधिक दह्रो झापड, अब के गर्छन्? यस्तो छ बालुवाटारको योजना

 

"Janadeshdaily.com"

यो नेपाली भाषाको डिजीटल पत्रिका हो । हामी तपाइँहरु समक्ष छुट्टै दृष्टिकोण र स्वादका समाचार पस्किने प्रयासमा छौं । तपाइँको सल्लाह र सुझाव हाम्रालागि सधैं मार्गदर्शक रहनेछ । यो डिजिटल पत्रिका हेर्नुभएकोमा हार्दिक धन्यवाद । देश र दुनियाँको हरपल ताजा जानकारीसहितका समाचारका लागि जनादेश दैनिक । समाचार वा जानकारी छन् भने तत्काल पठाउनुस् हामी वृहत पाठकसमक्षक पुर्‍याउने छौं । समाचार, जानकारी वा तस्विर तथा भिडियो पठाउने इमेल ठेगाना- info@janadeshdaily.com

     
प्रतिक्रिया दिनुहोस्