उत्तर कोरियाली नेताकी बहिनीले दिइन् अमेरिकालाई चेतावनी – Janadesh Daily | ePaper

उत्तर कोरियाली नेताकी बहिनीले दिइन् अमेरिकालाई चेतावनी


अन्तर्राष्ट्रिय अपडेट ।

उत्तर कोरियाका सर्वोच्च नेता किम जोङ उनकी बहिनी किम यो जोङले आफ्नो देशका सर्वोच्च नेताले दिएको अभिव्यक्तिलाई गलत अर्थमा नबुझ्न अमेरिकालाई चेतावनी दिएकी छन् ।

जोङले अमेरिकाले किमको अभिव्यक्तिलाई गलत अर्थमा बुझे निराशा मात्र हात लाग्ने बताएकी छन् । उत्तर कोरियाको सत्ताधारी वर्कस पार्टीका वरिष्ठ नेतृ समेत रहेकी जोङले मंगलबार एक विज्ञप्ति जारी गर्दै भनेकी छन्- ‘अमेरिका उत्तर कोरियाले दिएका संकेतहरुको गलत अर्थ लगाइरहेको छ ।’


उत्तरकोरियाको आधिकारिक समाचार एजेन्सी केसीएनको रिपोर्ट अनुसार जोङले भनेकी छन्ः ‘यस्तो लाग्छ कि अमेरिकाले आफुलाई सान्त्वना दिइरहेको जस्तो गरी स्थितिको आङ्कलन गरिरहेको छ ।’

 

अमेरिकाका राष्ट्रिय सुरक्षा सल्लाहकार जेक सुलिभनले उत्तर कोरियासँग वार्ता प्रक्रियालाई पुनः अगाडि बढाउने उद्देश्यका साथ आइतबार दक्षिण कोरियाका राष्ट्रपतिसँग छलफल गरेका थिए । सोही क्रममा उनले उत्तर कोरियाका सर्वोच्च नेता किम जोङ उनले प्योङयाङमा दिएको भाषण चाखलाग्दो संकेत भएको बताएका थिए ।

"Janadeshdaily.com"

यो नेपाली भाषाको डिजीटल पत्रिका हो । हामी तपाइँहरु समक्ष छुट्टै दृष्टिकोण र स्वादका समाचार पस्किने प्रयासमा छौं । तपाइँको सल्लाह र सुझाव हाम्रालागि सधैं मार्गदर्शक रहनेछ । यो डिजिटल पत्रिका हेर्नुभएकोमा हार्दिक धन्यवाद । देश र दुनियाँको हरपल ताजा जानकारीसहितका समाचारका लागि जनादेश दैनिक । समाचार वा जानकारी छन् भने तत्काल पठाउनुस् हामी वृहत पाठकसमक्षक पुर्‍याउने छौं । समाचार, जानकारी वा तस्विर तथा भिडियो पठाउने इमेल ठेगाना- info@janadeshdaily.com

     
प्रतिक्रिया दिनुहोस्