हाइस्पिड ट्रेनमा चिनियाँ चमत्कारः प्रतिघन्टा ६ सय किलोमिटर कुद्ने रेल सुरु (फोटो फिचर) – Janadesh Daily | ePaper

हाइस्पिड ट्रेनमा चिनियाँ चमत्कारः प्रतिघन्टा ६ सय किलोमिटर कुद्ने रेल सुरु (फोटो फिचर)


पूर्वाधार प्रेरणा ।

हाइस्पिड रेलमा संसारकै नेतृत्व गरिरहेको चीनले प्रतिघन्टा ६ सय किलोमिटरको गतिमा कुद्ने रेल बनाएको छ। मंगलबार उक्त रेलको प्रारम्भिक भर्सन पूर्वी तटीय सहर छिङताओमा सार्वजनिक गरिएको छ।

चीनको सरकारी स्वामित्वमा रहेको रेलवे रोलिङ स्टक कोअपरेशनले ६ सय किलोमिटर प्रतिघन्टाका गतिमा कुद्ने रेल म्यागलेभ ट्रेन स्वदेशमै बनाएपछि चीन ‘ट्रान्सपोर्ट सुपरपावर’ भएको दाबी गरेको छ।

यो रेल पाँचदेखि दश वर्षमा व्यावसायिक प्रयोगमा ल्याउन सकिने चिनियाँ इन्जिनियरहरूले बताएका छन्। यसअघिका रेलभन्दा म्यागलेभ (म्याग्नेटिक लेभिटेसन) रेल फरक छ। यो ट्रयाकको माथि झुन्डिन्छ र इलेक्ट्रोम्याग्नेटिक शक्तिले गुड्छ।

तर चीनमा अहिलेसम्म कुनै सहरभित्र र अन्तर-सहरबीच यो गतिको रेल कुद्ने ट्रयाक बनिसकेको छैन। सांघाईमा विमानस्थलबाट सहरसम्म पुग्ने म्यागलेभ ट्रेन कुदने ट्रयाक छ।

यो रेलले सेवा दिन सुरू गरेपछि राजधानी बेइजिङदेखि सांघाई पुग्न साढे २ घन्टामात्रै लाग्नेछ जबकी जहाजमै यी दुई सहरबीच यात्रा गर्न तीन घन्टा लाग्छ भने हाइस्पिड रेलबाट साढे ५ घन्टा लाग्छ।

सांघाई र छेन्दुजस्ता सहरले उक्त रेल चलाउने ट्रयाक बनाउनेबारे अहिले अध्ययन गरिरहेका छन्।

यो पनि हेर्नुस्

चीनमा गरिवी निवारणको चमत्कारः यसरी धनी बन्दैछन् विपन्न गाउँहरु (तस्विर सहित)

चिनियाँ कम्युनिष्ट पार्टीको शतवार्षिकीः सीले गरे देश मध्यमस्तरको समृद्ध बनेको घोषणा (फोटो फिचर)

"Janadeshdaily.com"

यो नेपाली भाषाको डिजीटल पत्रिका हो । हामी तपाइँहरु समक्ष छुट्टै दृष्टिकोण र स्वादका समाचार पस्किने प्रयासमा छौं । तपाइँको सल्लाह र सुझाव हाम्रालागि सधैं मार्गदर्शक रहनेछ । यो डिजिटल पत्रिका हेर्नुभएकोमा हार्दिक धन्यवाद । देश र दुनियाँको हरपल ताजा जानकारीसहितका समाचारका लागि जनादेश दैनिक । समाचार वा जानकारी छन् भने तत्काल पठाउनुस् हामी वृहत पाठकसमक्षक पुर्‍याउने छौं । समाचार, जानकारी वा तस्विर तथा भिडियो पठाउने इमेल ठेगाना- info@janadeshdaily.com

     
प्रतिक्रिया दिनुहोस्