‘मेरो मनमा चीन’ विषयक चित्रकला प्रतियोगिता – Janadesh Daily | ePaper

‘मेरो मनमा चीन’ विषयक चित्रकला प्रतियोगिता


पोखरा ।

‘मेरो मनमा चीन’ शीर्षकमा चित्रकला प्रतियोगिता आयोजना गरिएको छ । चिनियाँ राजदूतावासको आयोजना तथा यहाँस्थित नेपाल–चीन जनमैत्री सङ्घको संयोजनमा सो प्रतियोगिता गरिएको हो ।

कास्कीका विभिन्न विद्यालयमा अध्ययनरत् विद्यार्थीले भाग लिएका प्रतियोगितामा कास्की मोर्डनाइज्ड स्कूलकी सिन्जल पुन पहिलो, कुमुदिनी होम्सकी अविशा पालिखे दोस्रो, कुमुदिनीकै सुहाना गुरुङ तेस्रो र पश्चिमाञ्चल एकेडेमीका श्याम शर्माले सान्त्वना पुरस्कार प्राप्त गरेका थिए ।
प्राज्ञ तथा कलाकार रमेश श्रेष्ठले उनीहरूलाई क्रमश: रु दश हजार, रु आठ हजार र रु छ हजार प्रदान गर्दै चित्रकलाकै माध्यमबाट पनि गुजारा चलाउन सकिने भएकाले यसलाई सोखको रुपमा मात्रै नलिए पेशा नै बनाउन सकिने छ भन्नुभयो ।

प्रतियोगी अध्ययनरत विद्यालयलाई शैक्षिक सामग्री पनि प्रदान गरिएको सङ्घका अध्यक्ष विश्वशङ्कर पालिखेले जानकारी दिनुभयो । चीनले जनस्तरमै सम्बन्ध विस्तार गर्ने उद्देश्यले यस्ता प्रतियोगिता आयोजना गर्दै आएको र विद्यार्थीहरू कलाका अतिरिक्त अन्य रचनात्मक क्रियाकलापमा समेत सामेल होउन् भन्ने उद्देश्यले ती सामग्री उपलब्ध गराइएको बताउनुभयो ।

"Janadeshdaily.com"

यो नेपाली भाषाको डिजीटल पत्रिका हो । हामी तपाइँहरु समक्ष छुट्टै दृष्टिकोण र स्वादका समाचार पस्किने प्रयासमा छौं । तपाइँको सल्लाह र सुझाव हाम्रालागि सधैं मार्गदर्शक रहनेछ । यो डिजिटल पत्रिका हेर्नुभएकोमा हार्दिक धन्यवाद । देश र दुनियाँको हरपल ताजा जानकारीसहितका समाचारका लागि जनादेश दैनिक । समाचार वा जानकारी छन् भने तत्काल पठाउनुस् हामी वृहत पाठकसमक्षक पुर्‍याउने छौं । समाचार, जानकारी वा तस्विर तथा भिडियो पठाउने इमेल ठेगाना- info@janadeshdaily.com

     
प्रतिक्रिया दिनुहोस्