पेरिसमा भेट्ने वाचासहित सकियो टोकियो ओलम्पिक, भव्य समापन (फोटो फिचर) – Janadesh Daily | ePaper

पेरिसमा भेट्ने वाचासहित सकियो टोकियो ओलम्पिक, भव्य समापन (फोटो फिचर)


अन्तर्राष्ट्रिय अपडेट ।

जापानमा जारी टोकियो ओलम्पिक आइतबार भव्य समारोहबीच समापन गरिएको छ । काेराेना महामारीकाे चुनाैतीका बीच टाेकियाे ओलम्पिक सफल रह्याे । २३ जुलाईमा सुरु भएकाे याे प्रतियाेगिता आइतवार समापन भएकाे हो।

अन्तर्राष्ट्रिय ओलम्पिक कमिटी (आईओसी) का अध्यक्ष थाेमस बाकले टाेकियाे ओलम्पिक २०२० काे समापन भएकाे औपचारिक घाेषणा गरेका छन् ।

अब आउँदाे ओलम्पिक सन् २०२४ मा पेरिसमा हुनेछ । टाेकियाे ओलम्पिकमा झन्डै ११ हजार खेलाडीले तीन सय ३९ इभेन्टमा भाग लिएका थिए ।

 समापन समाराेहकाे सुरुवात आतिशबाजीबाट भएकाे थियाे । त्यसपछि मञ्चमा आयाेजक जापानकाे झन्डा फहराइएकाे थियाे । त्यसपछि सबै देशकाे झन्डा स्टेडियममा एउटा गाेलाे आकारमा देखाइएकाे थियाे । बिस्तारै–बिस्तारै खेलाडीहरू स्टेडियममा आउन थाले । याे दृश्य निकै महमाेहक थियाे ।

समापन समारोहमा टाेकियाेका गभर्नर युरिको कोइके और आईओसीका अध्यक्ष बाकले ओलिम्पिक झन्डालाई पेरिसका मेयर एनी हिडाल्गोलाई सुम्पिएका छन् । पेरिसमा नै आउँदाे २०२४ पेरिस ओलम्पिक आयाेजना हुँदैछ । यही क्रममा एफिल टावरमा पनि ओलम्पिक झन्डा फहराइएकाे थियाे ।

यस संस्करणकाे ओलम्पिकमा अमेरिकाले ३९ स्वर्ण, ४१ रजत र ३३ कास्यसहित एक सय १३ पदक जित्दै पहिलाे बनेकाे छ । तीन भने ३८ स्वर्ण, ३२ रजत र १८ कास्यसहित ८८ पदकका साथ दाेस्राे नम्बरमा रह्याे । तेस्राेमा भने २७ स्वर्ण, १४ रजत र १७ कास्यसहित ५८ पदक जित्दै आयाेजक जापान रह्‍यो ।

त्यस्तै ग्रेट ब्रिटेनले २२ स्वर्णसहित कुल ६५ पदक जितेर चौथो स्थानमा रह्यो। रसियन ओलम्पिक कमिटी २० स्वर्णसहित ७१ पदक जितेर पाँचौ स्थानमा रह्यो।

दक्षिण एसियाली राष्ट्रतर्फ छिमेकी भारतले १ स्वर्ण पदकसहित कुल ७ पदक जित्यो। टोक्यो ओलम्पिकमा नेपालबाट ४ खेलका पाँच खेलाडीले प्रतिस्पर्धा गरे।

तर पहिले झैँ टोक्यो ओलम्पिकमा पनि नेपाली खेलाडीले राष्ट्रिय कीर्तिमान मात्रै सुधारे। पाँचैजना खेलाडी दोस्रो चरण पुग्न असफल रहे।

नेपालका लागि पौडीका गौरिका सिंह, एलेक्जेन्डर शाह (एलेक्स) र सुटिङकी कल्पना परियारले राष्ट्रिय कीर्तिमान बनाए।

"Janadeshdaily.com"

यो नेपाली भाषाको डिजीटल पत्रिका हो । हामी तपाइँहरु समक्ष छुट्टै दृष्टिकोण र स्वादका समाचार पस्किने प्रयासमा छौं । तपाइँको सल्लाह र सुझाव हाम्रालागि सधैं मार्गदर्शक रहनेछ । यो डिजिटल पत्रिका हेर्नुभएकोमा हार्दिक धन्यवाद । देश र दुनियाँको हरपल ताजा जानकारीसहितका समाचारका लागि जनादेश दैनिक । समाचार वा जानकारी छन् भने तत्काल पठाउनुस् हामी वृहत पाठकसमक्षक पुर्‍याउने छौं । समाचार, जानकारी वा तस्विर तथा भिडियो पठाउने इमेल ठेगाना- info@janadeshdaily.com

     
प्रतिक्रिया दिनुहोस्