शिक्षामा रणनीतिक दिशा निर्देश – Janadesh Daily | ePaper

शिक्षामा रणनीतिक दिशा निर्देश


अवस्था :

भीषणबाढी पहिरो, ठूलो भुइँचालो र हालसालै कोभिडको कारणले नेपालको अर्थतन्त्र डामा डोल बनाएको छ । अब, हामी हिजो कै दिनको अवस्थामा अगाडि बढ्न धेरै मुस्किल छ । कोभिडपछि आर्थिक गतिविधिलाई चलाईमान कसरी बनाउने र पहिलेकै अवस्थामा पुग्न के के गर्न सकिन्छ भनेर विश्वका धेरै मुलुकहरुले होमवर्कहरु गरिरहेका छन् । धनी राष्ट्रका सम्पन्न अभिभावक र विधनलयहरुले अनलाइन शैक्षिक कार्यक्रम सञ्चालन गरिरहेका भएता पनि नेपाल जस्तो विकासोन्मुख राष्ट्र जहाँ बालबालिकाले विधालय छाड्ने क्रम उच्च छ । शैक्षिक क्षतिको उच्च जोखिम छ । नतिजाको पर्खाइमा रहेको विधार्थी अभिभावकको व्यग्र प्रतिक्षा पछि नतिजा त प्रकाशित भए तर त्यसपछिको अवस्थामा सबैलाई आफ्नो बच्चा प्रति पिरलो भयो । नेपाल मात्र यस्तो देश हो जहाँ मेड इन नेपालका लागि कही गरेको पाइँदैन ।

मुलुकको चौतर्फीे विकास गर्न सक्षम योजनाकार, प्रतिधिज्ञ, व्यवस्थापक र शिल्पकार वा सीपयुक्त कामदार चाहिन्छ । शिक्षित व्यक्तिहरु प्रति गिर्दो सम्मान र नीतिगत तहमा पुग्न शिक्षाको खासै महत्व समाजले जेलिन दिएबाट पनि आजका युवाहरुमा एक किसिम्मको वितृष्णा पैदा भएको छ । नारा त धेरै राम्रो छ, भाषण पनि धेरै राम्रे सुन्न पाइन्छ कि नेपालमा भोलि बिहान उठ्दा विकासको ज्वारभाटा नै फुट्ला जस्तो । तर, पोलिसिमा अहिलेसम्म केही परिवर्तन हुन सकेको छैन । अहिले कै पोलिसि अनुसार नयाँ लगानी भित्रिने सम्भावना न्युन छ र यहाँ भएका उधोगहरु समेत समस्यामा पर्ने अवस्था देखिन्छ । समाजबाद, साम्यबाद अनि जनताको बहुदलिय जनवाद लगायत अनेकौ काष्ठ कला, पाषाणकला र धातुकलामा आफ्ना कीर्तिहरु परसम्म पुर्‍याएका कालिगढहरुले प्रोत्सान नपाएको उनीहरु पेसा छोड्दै वा झोक्राएर बस्तै गएको कारुणिक दृश्यले गिजाईरहेको छ ।

सम्भावना :

कृषिका लागि उर्वर भूमि यहीँ छ । वन पैदावारका लागि त्यस्तै छ । जलऊर्जा पनि त्यस्तै छ । सुन्दर, शान्त, विशाल भनिएको प्राकृतिक रुपले अत्यन्त सुन्दर नेपालको सुन्दरतालाई फस्टाउन दिएर पर्यटक लोभ्याउन सक्यौँ भने अथाह अवसर यहीँ छन् । गलैंचा, पस्मिना, ऊनीका ओढ्नेहरु उम्दा दर्जा र स्तरका बनाएर युरोप अमेरिका सम्म राम्रैसित निर्यात गरेका पनि थियौँ । अब त ऊन उत्पादन गर्ने भेडा, च्याङा आदिका गोठहरु पनि शून्य र उजाङ हुन लागेको देख्तै छौं । उच्च गुणस्तरका काठ र वनस्पति नेपाल मै छन् । सुगन्धित तेलहरु हुने वन पैदावार पनि यहीँ छन् । आजको समयमा प्रतिस्पर्धा चर्को रुपमा देखा परिरहेको छ । उत्पादित वस्तुको स्तर र मूल्य, रोजगारीको अवसर र तालीम तथा शिक्षा दिने अवसर पनि सीमा रहित हुन पुगेको छ । योग्य र सक्षम छन् भने जहाँ पनि बिक्छन् ।

अहिले नेपालको पर्यटन भन्दा सगरमाथा, लुम्बििनी, झक्तपुर काठमाडौँमा मात्र सिमित भएको छ । तर, पर्यटनले साँच्चिनै जनतालाई पनि छुने हो भने त्यहाँ ठूलो परिवर्तन गर्न आवश्यक छ । नेपालमा सम्भावनाहरु प्रश्स्त छन्, तर त्यसलाई हामीले सदुपयोग गर्न सकेका छैनौं । त्यसैले पर्यटन क्षेत्रमा पनि नयाँ गन्तव्यहरुको पहिचान गरी विश्वबजारमा आवश्यक प्रचार प्रसार गर्न जरुरत छ । अहिले भएका पर्यटकीय गन्तव्यहरु राराताल, च्छोरोल्पा हिमताल, खप्तड, डोल्पा, पाथिभारा जस्ता चर्चित ठाउँमा पर्यटकहरु गए पनि उनीहरु बस्ने कहाँ भन्ने समस्या छ । हामीसँग ठाउँ छ तर, बस्ने ठाउँ नभएपछि कसरी त्यहाँ सम्म जान सक्छन् त ? ती क्षेत्रहरुमा सुविधा सम्पन्न होटलहरु सञ्चालनका लागि सरकारले जग्गा भाडामा उपल्बध गराउनु पर्छ ।

अहिलेको बजेटमा कृषि क्षेत्रलाई धेरै नै प्राथमिकतामा राखेको पाइ्रन्छ, मौदिक नीतिले पनि कृषिलाई सम्बोधन गरेको छ तर, कसरी अगाडि बढ्ने भन्ने स्पष्ट धारणा आएको देखिँदैन । कृषिको नाममा पैसा बाँड्दैमा केही हुने वाला छैन । अब सरकारले विशेष योजनाका साथ कृषि पेशालाई व्यावसायिकतामा लैजान सके लाखौँलाई रोजगारी सिर्जना गर्न सकिन्छ । जबसम्म सीपयुक्त जनशक्तिलाई नेपालमै रोजगारी दिन सक्दैनौं, हामीले विकासको फड्को मार्न सक्दैनौं । यही रोजगारी दिन सक्छौं भन्ने अवस्था नआएसम्म यहाँको विकास असम्भव जस्तै हो ।

शिक्षा रणनीति :

नेपालको शिक्षाको बाटो रणनीतिक दिशामा छैन । शैक्षिक पाठ्यक्तमहरुमा राष्ट्रिय आवश्यकता , विश्व बजारको सन्दर्भ र एक्काइसौं शताब्दीका सीपहरु समावेश गर्न नसकिएबाट उत्पादित जनशक्तिहरु बढी बेरोजगार हुने र राज्यले अधिकतम प्रतिफल प्राप्त गर्न सकेको छैन । नेपालमा जस्तो वातावरण विश्वका कुनै पनि मुलुकमा पाउन सकिँदैन । ब्रिटिसहरु भारतमा आउँदा सबै स्कूलहरु पहाडमा खोलिएको छ। जहाँको वातावरण स्वच्छ, शान्त र सुन्दर हुन्छ । कोभिडको कारण अमेरिकामा विदेशी विधार्थीहरुबाट आउने ४० बिलियन डलर नोक्सान भएको तथ्यांक सार्वजानिक भएको छ । अमेकिा जस्तो धनी मुलुक नै विदेशी विधार्थीहरुको आम्दानीको प्रमुख स्रोत बनाइरहेको छ भने नेपालले त्यसको अवसर किन नलिने ? अहिले प्रदेशहरु बनेको छ, स्थानीय जनताको अधिकार छ । यो बेला स्थानीय जनतार प्रदेशसँग मिलेर आफ्नो क्षेत्रको गन्तव्य निर्माणका लागि हात बढाउने बेला भएको छ ।

विज्ञान र प्रविधिको विकासको वेग पनि बेजोडको भएको छ । त्यसको लाभ हाम्रा छिमेकी मुलुकहरुको देखि इजरायल, न्युजिल्यान्ड, अस्ट्रेलिया, भियतनाम, कम्बोडिया, मलेसिया जस्ता थुप्रै नवविकसित राष्ट्रहरुले राम्रैसित लिइरहेको छन् । पहिले त हामी परनिर्भरताको अवस्थामा पुग्नै पर्छ । कामलाई सम्मान नगर्ने हाम्रो सामाजिक परिपाटीबाट गर्दा प्राविधिक तथा व्यवसायिक शिक्षका उत्पादनहरु पनि उच्च शिक्षा तर्फ बढी आकर्षित हुने र वास्तविक श्रमबजारमा कामदारको अभाव महशूस हुनु अर्को हाम्रो सामाजिक कमजोरी हो । शिक्षा र तालीम उम्दा दर्जाको छ भनेर लोभ्याउने अस्ट्रेलिया, कोरिया, बेलाईत, अमेरिकाबाट नेपाल आएर पचासौँ हजार विधार्थीहरु बाहिर लगिन थालेको दशकौं भइसक्यो । नेपालको सञ्चार माध्यमले यस्ता संस्था नेपालमा बनाउन र देखाउन भनिदिनु पर्यो । कहीँ बाहिरी संस्थाको पो विज्ञापन भइरहेको छ कि भन्ने हेरेर राष्ट्र प्रेम जगाइ दिनु पर्‍यो ।
माध्यमिक विधालयमा जान त सिक्छन्, तर सीप सिक्तनन् ।

यो कुरा बुझ्नु आवश्यक छ सीप सिकाउने काम सीप भएकै प्रशिक्षकलाई दिनुपर्छ । सीप सिकाउने प्रशिक्षक हामीलाई पचासौं हजारमा चाहिएको छन् । हामीले पार गर्नुपर्ने बाटो लामो छ । तर ढंगसित गयौंं भने छोटो पनि हुन सक्छ । अहिले कोभिड( १९ ले हामीलाई सिकाएको मुख्य पाठ भनेको पहिला खाना हुनुपर्‍योे त्यस पछि सबैबिच हुन्छ भन्ने छ । अहिले जे र जति उत्पादन भएका छन् ती सबै जोखिम मोलेर कृषकहरुले उत्पादन गरिरहेको छन् । सिजनल रुपमा उत्पादन हुने तरकारीहरु तत्कालै बिक्री हुन सकेन भने बिग्रन्छ र किसानको लगानी त्यति कै खेर गइरहेको छ । नेपालमा कुनै व्यवस्थित प्रशोधन  नभएकै कारण वर्षै देखि किसानहरुले घाटा व्यहोर्दै आइरहेको छन् । एकातिर नेपालका किसानहरु घाटामा गइरहने र वार्षिक अर्बौ रुपैयाँको तरकारी भारतबाट आइरहेको तीतो यथार्थत छ । अब यसलाई रोक्न आवश्यक छ ।

अहिले नेपालबाट जुन आधारमा विधार्थीहरु पढ्नका लागि विदेशमा गइरहेका छन् । वार्षिक कति विधार्थीहरु पढ्नका लागि विदेशमा गएकाहरुको सही तथ्यांक कुनै पनि निकायहरु सँग छैन । अध्ययनका नाममा कति रकम विदेशमा गइरहेको छ भन्ने यकीन पनि छैन । अब हामीले विधार्थी जान र कम बाहिरिन रोक्न सक्नुपर्छ । त्यसैले अब हाम्रो पहाडी क्षेत्रमा पनि विभिन्न प्राविधिक विधालयहरु, कलेजहरु र विश्व विधालय खोल्नका लागि सरकारले आवश्यक वातावरण बनाउन आवश्यक छ । मध्यम स्तरका प्राविधिज्ञमा उच्च तहको प्राविधिज्ञको सहायकको भूमिका खेल्न सक्ने र तल्लो स्तरको सम्भार कार्य(मेन्टिनेन्स) लाई सघाउन सक्ने पनि क्षमता रहनु पर्ने हुँदा यस तहको शिक्षा विधालय जाने उमेर समूहलाई दिनेगरी व्यवस्था गर्नु पर्ने हुन्छ । यस्तो काम उच्च शिक्षा दिने संस्थाले पनि गर्नु पर्ने र केही हदमा औधोगिक क्षेत्र, बैंक र रेस्टुराँमा समेत गर्नुपर्ने देखिन्छ । राम्रो साझेदारीका हस्तीहरु खोज्न मात्र सक्नु परेको छ ।

दिशा निर्देश :
नेपालको प्राविधिक तथा व्यवासायिक शिक्षामा औधोगिक व्यवसायीहरुको संलग्नता ज्यादै न्यून देखिन्छ । प्रविधिक शिक्षामा औधोगिक व्यवसायीहरुको संलग्नता बिना सिकाइ अपूरो नै हुन्छ । अहिले सूचना प्रविधि (इन्फर्मेसन टेक्नोलोजी) र जीव प्रविधि (बायोटेक्नोलोजी) को युग छ । डिजिटल इकोनोमीमा अगाडि बढ्नुका लागि आवश्यक जनशक्ति तयार बनाउनुपर्छ । अटोमोबाइल, मेकानिकल, विधुत्, कृषि र निर्माण सम्बन्धी प्रशिक्षक तयार पार्ने कामको सुरुआत युद्धस्तरमै गर्नुपर्छ । नेपालमा पनि शिक्षा र तालीम उम्दा दर्जाको छ भनेर देखाउने शिक्षण संस्था वा तालीम केन्दहरु बनाउनु र्छ । स्तर मापन गर्ने ुएक्रिडिटेसन सिस्टमु निकै सशक्त बनाउनु पर्छ । नेपालमा आउनका लागि अन्तर्राष्ट्रिय स्कूलहरुलाई आहवान गर्नुपर्छ । स्कूल सञ्चालनका लागि आवश्यक पूर्वाधार र वातावरण दिन तयार छौं भन्ने सन्देश विश्वमाझ दिन आवश्यक छ । अमेरिकामा पढ्न जाने विधार्थीहरुमा सबैभन्दा बढी चाइनिज र इण्डियनहरु रहेका छन् । त्यहाँ जाने विधार्थीहरु नेपालमा आउने वातावरण सिर्जन गर्नुपर्छ । अब हार्वड, क्याम्ब्रीज लगायत विश्वका बेष्ट कलेजहरुलाई नेपालमा आउन दिनुपर्छ । उनीहरुलाई उनीहरुकै तरिकाबाट चल्न दिउँ, हामीलाई के नै फरक पर्छ र ? कमसेकम नेपालीका छोराछोरीहरु त यहीं पढ्न पाउँछन्, एउटा सुरुवात त हुन्छ ।

"Janadeshdaily.com"

यो नेपाली भाषाको डिजीटल पत्रिका हो । हामी तपाइँहरु समक्ष छुट्टै दृष्टिकोण र स्वादका समाचार पस्किने प्रयासमा छौं । तपाइँको सल्लाह र सुझाव हाम्रालागि सधैं मार्गदर्शक रहनेछ । यो डिजिटल पत्रिका हेर्नुभएकोमा हार्दिक धन्यवाद । देश र दुनियाँको हरपल ताजा जानकारीसहितका समाचारका लागि जनादेश दैनिक । समाचार वा जानकारी छन् भने तत्काल पठाउनुस् हामी वृहत पाठकसमक्षक पुर्‍याउने छौं । समाचार, जानकारी वा तस्विर तथा भिडियो पठाउने इमेल ठेगाना- info@janadeshdaily.com

     
प्रतिक्रिया दिनुहोस्