तालिबान अफगतानिस्तानको सत्तामा फर्किएपछि बाबुरामले लेखे- हामी पनि सतर्क बन्ने कि ! – Janadesh Daily | ePaper

तालिबान अफगतानिस्तानको सत्तामा फर्किएपछि बाबुरामले लेखे- हामी पनि सतर्क बन्ने कि !


जनादेश वाच ।

विद्रोही समूह तालिबानले अफगानिस्तान कब्जामा लिएको छ। झन्डै ६ हजार अमेरिकी सैनिक काबुलमा तैनाथ भएकै बेला तालिबानहरू आइतबार साँझ राष्ट्रपति कार्यालयमा प्रवेश गरेका हुन्।

आइतबार बिहानमात्रै राजधानी काबुल छिरेका तालिबानहरूले दिउँसो शक्ति हस्तान्तरणका लागि वार्ता गर्ने बताएका थिए। तर राष्ट्रपति असरफ घानी देश छोडेर भागेपछि उनीहरू साँझ राष्ट्रपति कार्यालयमा छिरेका हुन्।

अफगानिस्तानमा विद्रोही समूह तालिबानले सत्ता कब्जा गरेपछि पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराईले हामी पनि बेलेमै सर्तक हुनुपर्ने बताएका छन्।

तालिबानका लडाकुले देशका प्रमुख सहर कब्जापश्चात् आइतबार मात्र अफगानिस्तानको राजधानी काबुल प्रवेश गरी त्यहाँको राष्ट्रपति भवन कब्जा गरिसकेका छन्। उनीहरू काबुल प्रवेश गर्नासाथ त्यहाँका राष्ट्रपति असरफ गानी देश छाडेर भागिसकेका छन्।

यसै सन्दर्भमा जनता समाजवादी (जसपा) पार्टीका संघीय परिषद् अध्यक्ष डा. भट्टराईले मुलुकमा सबल प्रगतिशील लोकतान्त्रिक विकल्प भएन भने यस्तै अवस्था आइपर्ने भन्दै सजग गराएका हुन्।

‘भूराजनीतिक हिसाबले संवेदनशील अफगानिस्तानमा बाह्य शक्तिको सैनिक हस्तक्षेपको अन्त्यपछि सत्तामा धार्मिक कट्टरपन्थी समूहको पुनरागमनले देशमा सबल प्रगतिशील लोकतान्त्रिक विकल्प भएन भने जनता कसरी कराइबाट उम्केर भुंग्रोमा पर्दारहेछन् भन्ने पुनः पुष्टि भयो है,’ डा. भट्टराईले भनेका छन्, ‘हामी पनि वेलैमा सतर्क बन्ने कि?’

राष्ट्रपति कार्यालयमा तालिबान लडाकु पसेसँगै अफगानिस्तानमा अमेरिकासमर्थित सरकारको अन्त्य भएको छ। अब तालिबानहरू सम्मिलित अन्तरिम सरकार बन्ने जनाइएको छ तर यसको विस्तृत खाका आइसकेको छैन।

तालिबानका प्रवक्ताले अब अफगानिस्तानमा युद्ध समाप्त भएको बताएका छन्।

उता देश छोडेका राष्ट्रपति घानीले रक्तपात रोक्न आफू बाहिरिएको बताएका छन्। उनी अहिले कहाँ छन् भन्ने औपचारिक जानकारी दिइएको छैन।

"Janadeshdaily.com"

यो नेपाली भाषाको डिजीटल पत्रिका हो । हामी तपाइँहरु समक्ष छुट्टै दृष्टिकोण र स्वादका समाचार पस्किने प्रयासमा छौं । तपाइँको सल्लाह र सुझाव हाम्रालागि सधैं मार्गदर्शक रहनेछ । यो डिजिटल पत्रिका हेर्नुभएकोमा हार्दिक धन्यवाद । देश र दुनियाँको हरपल ताजा जानकारीसहितका समाचारका लागि जनादेश दैनिक । समाचार वा जानकारी छन् भने तत्काल पठाउनुस् हामी वृहत पाठकसमक्षक पुर्‍याउने छौं । समाचार, जानकारी वा तस्विर तथा भिडियो पठाउने इमेल ठेगाना- info@janadeshdaily.com

     
प्रतिक्रिया दिनुहोस्