सुशान्तकी प्रेमिका रियाविरुद्ध आत्महत्या दुरुत्साहनको उजुरी – Janadesh Daily | ePaper

सुशान्तकी प्रेमिका रियाविरुद्ध आत्महत्या दुरुत्साहनको उजुरी


एजेन्सी ।

बलिउड अभिनेता सुशान्त सिंह राजपुतका बुबा केक सिंहले सुशान्तकी प्रेमिका रिया चक्रवर्तीविरुद्ध पटना प्रहरीमा उजुरी दिएका छन् ।

केकले चक्रवर्तीविरुद्ध आत्महत्या दुरुत्साहनको आरोप लगाउदै उजुरी दिएका हुन् । प्रहरीका अनुसार घटनाको विस्तृत छानविनका लागि चारजनाको समुह मुम्बई पठाइएको भारतीय मिडियाले उल्लेख गरेका छन् । चक्रावर्ती सुशान्तका साथसाथै फिल्म निर्देशक महेश भट्टसँग पनि प्रेम सम्बन्धमा रहेको चर्चा चलेको छ । आफूविरुद्ध उजुरी परेपछि चक्रावर्तीले आफ्ना वकिलसँग परामर्श लिएको जनाइएको छ ।

‘एम एस धोनी’ लगाएत केही चलचित्रमा मुख्य भूमिका निभाएका अभिनेता सुशान्त सिंह राजपुतले जुन १४ तारिखमा आफ्नै अपार्टमेन्टमा झुन्डिएर आत्महत्या गरेका थिए । उनको आत्मत्याको खबर फैलिएसँगै चर्चित अभिनेत्री कंगना रनौतलगाएत बलिउका थुप्रै कलाकारले सुशान्त बलिउडको नेपोटिजमको शिकार भएको जनाएका थिए ।

"Janadeshdaily.com"

यो नेपाली भाषाको डिजीटल पत्रिका हो । हामी तपाइँहरु समक्ष छुट्टै दृष्टिकोण र स्वादका समाचार पस्किने प्रयासमा छौं । तपाइँको सल्लाह र सुझाव हाम्रालागि सधैं मार्गदर्शक रहनेछ । यो डिजिटल पत्रिका हेर्नुभएकोमा हार्दिक धन्यवाद । देश र दुनियाँको हरपल ताजा जानकारीसहितका समाचारका लागि जनादेश दैनिक । समाचार वा जानकारी छन् भने तत्काल पठाउनुस् हामी वृहत पाठकसमक्षक पुर्‍याउने छौं । समाचार, जानकारी वा तस्विर तथा भिडियो पठाउने इमेल ठेगाना- info@janadeshdaily.com

     
प्रतिक्रिया दिनुहोस्