उनान्नब्बे फरार आरोपी पक्राउ – Janadesh Daily | ePaper

उनान्नब्बे फरार आरोपी पक्राउ


चितवन ।

जिल्ला प्रहरी कार्यालयले चार दिनमा ८९ फरार आरोपी पक्राउ गरेको छ । पक्राउ पर्नेमा ८१ पुरुष र आठ महिला रहेका छन् ।

कार्यालयका प्रवक्ता एवं प्रहरी नायब उपरीक्षक सूर्यबहादुर थापाका अनुसार यही भदौ ८ देखि ११ गतेसम्म सञ्चालन गरिएको फरार व्यक्ति पक्राउ अप्रेसनका क्रममा उनीहरुलाई पक्राउ गरिएको हो । पक्राउ पर्नेमा चोरी, लागुऔषध, बहुविवाह, वन पैदावर, कीर्ते, जुवा, केही सार्वजनिक अपराध, जालसाजी, सम्बन्धविच्छेद, सवारी अङ्गभङ्ग, सवारी ज्यानलगायतका मुद्दाका व्यक्ति रहेको उहाँले जानकारी दिनुभयो ।

उनीहरुलाई फैसला कार्यान्वयनका लागि जिल्ला अदालतमा बुझाइएको उहाँले बताउनुभयो । पक्राउ परेका उनीहरुबाट तीन वर्ष एक महिना पाँच दिन कैद तथा रु १३ लाख ७० हजार १२३ जरिवाना असुली गरिएको छ ।

"Janadeshdaily.com"

यो नेपाली भाषाको डिजीटल पत्रिका हो । हामी तपाइँहरु समक्ष छुट्टै दृष्टिकोण र स्वादका समाचार पस्किने प्रयासमा छौं । तपाइँको सल्लाह र सुझाव हाम्रालागि सधैं मार्गदर्शक रहनेछ । यो डिजिटल पत्रिका हेर्नुभएकोमा हार्दिक धन्यवाद । देश र दुनियाँको हरपल ताजा जानकारीसहितका समाचारका लागि जनादेश दैनिक । समाचार वा जानकारी छन् भने तत्काल पठाउनुस् हामी वृहत पाठकसमक्षक पुर्‍याउने छौं । समाचार, जानकारी वा तस्विर तथा भिडियो पठाउने इमेल ठेगाना- info@janadeshdaily.com

     
प्रतिक्रिया दिनुहोस्