बालबालिकाको स्वास्थ्य र वायु प्रदूषण – Janadesh Daily | ePaper

बालबालिकाको स्वास्थ्य र वायु प्रदूषण


विश्वस्वास्थ्य संगठनद्वारा “एयर पोल्युशन एण्ड चाइल्ड हेल्थ : प्रेसक्राइविङ्ग क्लिन एयर” शीर्षकबाट वायु प्रदूषण एवम् बाल स्वास्थ्यबारे जारी गरिएको प्रतिवेदनअनुसार वैश्वीक स्तरमा १५ वर्ष भन्दा कम उमेरका लगभग ९३ प्रतिशत बालबालिका प्रत्येक दिन यस्तो हावामा सास फेर्दछन् जुन प्रदूषित हुने गर्दछ ।

यस प्रदूषित वायुले बालबालिकाको स्वास्थ्य एवम् विकासमा गम्भीर प्रभाव पार्दछ । यी गम्भीर प्रभावहरुका कारण यीमध्ये कैयौं बालबालिकाको मृत्यु हुने गर्दछ । विश्व स्वास्थ्य संगठनको अनुमान छ कि सन् २०१८ मा ६००००० बालबालिका प्रदूषित वायुका कारण हुने स्वशन संक्रमणका कारण मरेका थिए ।

यस प्रतिवेदनकाअनुसार जब गर्भवती महिलाहरु प्रदूषित हावाको सम्पर्कमा आउँछन भने तिनीहरुमा समयभन्दा पहिले बच्च जन्माउने सम्भावना बढी हुन्छ एवम् यसरी जन्मेका बच्चहरु ससाना तथा जन्मिदाको बेला कम तौलका हुने गर्दछन् । वायु प्रदूषणले मस्तिष्कको विकास एवम् सज्ञानात्मक क्षमताको विकासलाई पनि प्रभावित गर्दछ ।

साथसाथै यो अवस्थामा एवम् ‘चाइल्डहुड’ क्यान्सरको पनि कारण बन्न सक्दछ । जुन बालबालिकाहरु उच्चस्तरको वायु प्रदूषणको सम्पर्कमा आउँछन् तिनमा उमेर बढ्दै गर्दा मुटुसम्बन्धी विरामी हुने जोखिम बढी हुने गर्दछ ।

प्रदूषित वायु लाखौं बालबालिकाका लागि विषको काम गरिरखेको हुन्छ एवम् तिनको जीवन बर्बाद गरिराखेको हुन्छ । यसलाई उचित मान्न सकिन्न । त्यसैले यो सुनिश्चित गरिनु आवश्यक छ कि सबै बालबालिका स्वच्छ हावामा सास फेर्न सकुन्, जसले गर्दा तिनीहरुले प्रर्याप्त शारीरिक विकास होस् । आफ्नो पूर्ण क्षमता प्राप्त गर्न सकुन ।

वायु प्रदूषणबाट प्रभावित बालबालिका विशेषगरी कमजोर हुनुको एउटा कारण यो पनि हो कि यिनीहरु बयस्कहरु भन्दा बढी तीब्र गतिमा सास फेर्दछन् । यसैले बढी प्रदूषण अवशोषित गर्दछन् । नवजात शिशु एवम सानो बालबालिका घरेलु वायुप्रदूषणप्रति पनि बढी सम्बेदनशील हुन्छन् जहाँ खाना पकाउनका लागि तातो, न्यानोका लागि, बत्ती बाल्नका लागि नियमितरुपले प्रदूषण फैलाउने खालका इन्धन एवम् प्रादयोगिकीको उपयोग गरिन्छ ।

वायु प्रदूषण मष्तिष्कको विकासलाई प्रभावित गर्दछ, जसले गर्दा बालबालिकाको संज्ञानात्मक क्षमता हुनृ गर्दछ । यस प्रकार यसले बालबालिकाको मानसिक एवम् शारीरिकलाई नकारात्मक रुपले प्रभावित गर्दछ । वैश्वीक स्तरमा १५ वर्ष भन्द कम उमेरका ३५ प्रतिशत बालबालिका यस्तो परिवेशमा रहन्छन् जहाँ विश्व स्वास्थ्य संगठनद्वारा निर्धारित कणीकीय पदार्थ २।५ को तुलनामा उच्च हुने गर्दछ । यसमा ५ वर्षभन्दा कम उमेर का ६३० एवम् १५ वर्षभन्दा कम उमेरका १।८ अरब बालकालिका सामेल छन् ।

५ वर्षभन्दा कम उमेरका सबै बालबालिकामध्ये ९८ प्रतिशत विश्वका निम्न एवम् मध्यम आय हुने देशहरुमा रहन्छन् । कणिकीय पदार्थ २।५ को स्तर उच्च छ । तुलनात्मकरुपले उच्च आय भएका देशहरुमा ५ वर्षभन्दा कम आयुका ५२ प्रतिशत बालबालिका यस्ता क्षेत्रहरुमा रहन्छन् जसको वायुमा कणिकीय पदार्थ २।५ को स्तर विश्व स्वास्थ्य संगठनले निर्धारित कणिकीय पदर्थ २।५ को मादण्ड भन्दा उच्च छ । सन् २०१८ मा १५ वर्षभन्दा कम आयुका बालबालिकाको सम्बन्धमा लगभग ६००००० मृत्युका लागि वातावरण एवम् घरेलु प्रदूषणको संयुक्त प्रभाव जिम्मेवार मानिएको छ ।

कम एवम् मध्यम आय भएका देशहरुमा ५ वर्षभन्दा कम उमेरका बालबालिकामा हुने श्वास संक्रमणका लागि खाना पकाउँदा हुने घरेलु वायु प्रदूषण एवम् बाहिरी वायु प्रदूषण ५० प्रतिशतभन्दा बढी जिम्मेवार मानिएको छ । वायु प्रदूषण बाल स्वास्थ्यका लागि प्रमुख खतरामध्ये एक मानिन्छ, जसले पाँच वर्षभन्दा कम आयुका बालबालिकामा १० मध्ये १ मृत्युका लागि जिम्मेवार ठानिन्छ ।

विश्व स्वास्थ्य संगठनको प्रतिवेदनअनुसार भारतले विश्वमा सबैभन्दा बढी वायु प्रदूषणसँग सम्बन्धित मृत्यु दर एवम् विमारीको बोझ सामना गर्नु परेको छ । त्यहाँ प्रत्येक साल २ मिलियन भन्दा बढी मृत्यु हुन्छ । त्यसमध्ये वायुको बिग्रदो गुणस्तरका कारण हुने मृत्युको संख्यामा २५ प्रतिशत भागिदारी भारतको छ । वर्ष २०१६ मा भारतमा पाँच वर्षभन्दा कम उमेरका लगभग १००००० बालबालिका मारिए तिनको स्वास्थ्यमा जटिलताका कारण बाह्य एवम् घरेलु वायु प्रदूषणको स्तर थियो ।

भारतपछि ९८००१ बाल मृत्युको तथ्याङ्कअनुसार नाइजेरिया दोस्रो स्थानमा रह्यो । यसपछि क्रमशः पाकिस्तान, कंगो, इथियोपिया गणराज्य यस श्रेणीमा समेल छन् । भारत ती देशमध्ये एउटा मनिन्छ जहाँ पाँचवर्ष भन्दा कम उमेरका सबै बालबालिकामध्ये ९८ प्रतिशत भन्दा बढी यस्तो क्षेत्रमा बसोवास गर्दछन् । यहाँ कणिकीय पदार्थ २।५ को स्तर विश्व स्वास्थ्य संगठनद्वारा निर्धारित गुणस्तर भन्दा बढी छ । हामी पनि भारत कै छिमेकी भएकाले हाम्रो अवस्था पनि यसभन्दा भिन्न होला भन्न सकिने आधार भने छैन ।

सबै देशहरुले बालबालिकाको स्वास्थ्य एवम् सुरक्षालाई प्रोत्साहन गर्नका लागि विश्व स्वास्थ्य संगठनको वैश्वीक वायु गुणस्तर दिशानिर्देशको लक्ष्य प्राप्त गर्नका लागि काम गर्नुपर्ने हुन्छ । यसलाई प्राप्त गर्नका लागि सरकारहरुले वैश्वीक उर्जाका रुपमा जीवास्म इन्धन माथिको अधिक निर्भरतालाई कम गर्नु उर्जा दक्षतामा सुधार एवम् उर्जा स्रोतहरुको उत्थानलाई सुविधाजनक बनाउने खालको उपायहरु अवलम्बन गर्नुपर्ने हुन्छ ।

राम्रो फोहरमैला व्यवस्थापनले समुदायले जलाउने फोहोर मैलाको मात्रालाई कम गर्न सक्दछ । यसले गर्दा सामुदायिक वायु प्रदुषणलाई कम गर्न सकिन्छ । घरहरुमा भोजन पकाउन, न्यानो पार्न एवम् प्रकाश व्यवस्थाका लागि स्वच्छ पौदयोगिक एवम् इन्धनको विशेष उपयोगले घर एवम् वरिपरिको समुदायमा वायुको गुणस्तरलाई धेरै हदसम्म सुधार गर्न सक्दछ । प्रदुषित वायुबाट बालबालिकालाई बचाउनका लागि कदम चाल्नु पर्ने हुन्छ । जस्तै स्कूल खेलका मैदान, व्यस्त सडक, राजमार्ग एवम् विजुलीका संयन्त्रजस्ता वायु प्रदूषणका प्रमुख स्रोतबाट टाढा राखिनु पर्दछ ।

बालबालिकामा वायु प्रदूषणका कारण हुने प्रभावमा फोक्सोको विकासमा बाधा, फोक्सोको क्रियाशीलतामा कमी, स्वासनसम्बन्धी संक्रमण, मानसिक एवम् शारीरिक विकासमा अवरोध हुने व्यवहारसम्बन्धी विकार, जन्मदा कम तौल हुनु, समयपूर्व बच्चा जन्मिनु, शिशु मृत्यु एवम् चाइल्डहुड क्यान्सर प्रमुख हुन् साथै वयस्क हुँदा हृदयसम्बन्धी रोगहरु, मधुमेह एवम् पक्षघातको खतरा हुन सक्दछ ।

विश्व स्वास्थ्य संगठनअनुसार वर्ष २०१६ मा बाह्य एवम् घरेलु प्रदूषणका कारण ५ वर्ष भन्दा कम उमेरका ५४३,००० जब की १५ वर्ष आयुका ५२००० बालबालिकाको मृत्यु भयो । बालबालिका समाजका भविष्य हुन् । तर यी यस्का सबैभन्दा कमजोर सदस्य पनि हुन् । वायु प्रदूषणका कारण बालबाकिलाको स्वास्थलाई हुन सक्ने खतरालाई मनन गर्दै वैज्ञानिक एवम् स्वास्थ्य विशेषज्ञले यसमाथि केन्द्रित आफ्नो प्रतिक्रिया दिनुपर्ने हुन्छ ।

सामुहिक एवम् समन्वित प्रयासको माध्यमबाट वैज्ञानिक एवम् स्वास्थ्य विशेषज्ञहरुले यस जोखिमलाई प्राथमिकताको रुपमा समाधान गर्नका लािग एक साथ उभिनु पर्नेछ । प्रत्येक दिन प्रदूषित वायुको सम्पर्कमा आउने लाखौ बालबालिकालाई बचाउनका लािग यो आवश्यक छ कि तत्काल सही दिशामा यथोचित कदम उठाउनु पर्नेछ ।

अन्यथा अहिले त हामी कोभिड–१९ को प्रलयकारी वैश्वीक महामारीको भुमरीमा रुप लिएका छौं, जसबाट सकुशल निस्कने उम्कने सजिलोबाट सुदुर क्षितिजमा कतै देखिएको छैन । प्रदूषणको स्तर यथास्थितिमा रहिरहे भोलि के कस्तो स्थिति सिर्जना होला हाम्रो कल्पना भन्दा परको कुरा पर्‍यो । भनिन्छ, हिजो बाँचेका थियौं त्यसैले आज छौं । आज बाँच्यौ भने न भोलि रहौला, नत्र कस्ले भोलिलाई देखेको छ र बँचौला ।

"Janadeshdaily.com"

यो नेपाली भाषाको डिजीटल पत्रिका हो । हामी तपाइँहरु समक्ष छुट्टै दृष्टिकोण र स्वादका समाचार पस्किने प्रयासमा छौं । तपाइँको सल्लाह र सुझाव हाम्रालागि सधैं मार्गदर्शक रहनेछ । यो डिजिटल पत्रिका हेर्नुभएकोमा हार्दिक धन्यवाद । देश र दुनियाँको हरपल ताजा जानकारीसहितका समाचारका लागि जनादेश दैनिक । समाचार वा जानकारी छन् भने तत्काल पठाउनुस् हामी वृहत पाठकसमक्षक पुर्‍याउने छौं । समाचार, जानकारी वा तस्विर तथा भिडियो पठाउने इमेल ठेगाना- info@janadeshdaily.com

     
प्रतिक्रिया दिनुहोस्