डा आत्रेयको स्मृतिग्रन्थ विमोचित – Janadesh Daily | ePaper

डा आत्रेयको स्मृतिग्रन्थ विमोचित


काठमाडौँ ।

साहित्यकार प्रा डा विष्णुराज आत्रेय ‘लाटोसाथी’को स्मृतिमा प्रकाशित स्मृति ग्रन्थ विमोचित भएको छ ।

प्रा डा विष्णुराज आत्रेय लाटोसाथी स्मृति प्रतिष्ठानको आयोजनामा भएको समारोहका नेपाल प्रज्ञा प्रतिष्ठानका कुलपति गङ्गाप्रसाद उप्रेतीले ग्रन्थको विमोचन गर्नुभयो ।

प्राज्ञिक लेखन नेपाली वाङ्मयमा ठूलो योगदान दिनुभएका उहाँको ‘अथातो जलान’, ‘उत्कृष्ट हाँस्यव्यङ्ग्य निबन्ध’, ‘संस्कृत नेपाली’, ‘अङ्ग्रेजी शब्दकोष’ आदि कृति प्रकाशित छन् ।

प्रतिष्ठानका अध्यक्ष विष्णु भण्डारीको अध्यक्षतामा भएको कार्यक्रममा आत्रेयको साहित्यिक योगदानबारे नेपाल प्रज्ञा प्रतिष्ठानका सदस्यसचिव जगत्प्रसाद उपाध्याय, प्राज्ञ डा देवी नेपाल, डा अलका आत्रेय, सहसम्पादक वैरागी जेठाले प्रकाश पार्नुभएको थियो ।

"Janadeshdaily.com"

यो नेपाली भाषाको डिजीटल पत्रिका हो । हामी तपाइँहरु समक्ष छुट्टै दृष्टिकोण र स्वादका समाचार पस्किने प्रयासमा छौं । तपाइँको सल्लाह र सुझाव हाम्रालागि सधैं मार्गदर्शक रहनेछ । यो डिजिटल पत्रिका हेर्नुभएकोमा हार्दिक धन्यवाद । देश र दुनियाँको हरपल ताजा जानकारीसहितका समाचारका लागि जनादेश दैनिक । समाचार वा जानकारी छन् भने तत्काल पठाउनुस् हामी वृहत पाठकसमक्षक पुर्‍याउने छौं । समाचार, जानकारी वा तस्विर तथा भिडियो पठाउने इमेल ठेगाना- info@janadeshdaily.com

     
प्रतिक्रिया दिनुहोस्