खगेन्द्रले भने- भीम, घनश्याम र योगेशहरु घर न घाटका – Janadesh Daily | ePaper

खगेन्द्रले भने- भीम, घनश्याम र योगेशहरु घर न घाटका


जनादेश सोसल मिडिया वाच ।

नागरिक आन्दोलनका अगुवासमेत रहेका वरिष्ठ लेखक खगेन्द्र संग्रौलाले भीम रावल, योगेश भट्टराई, धनश्याम भुसाल लगायतका एमाले नेताहरु अहिले घर न घाटका भएको बताएका छन्।

सामाजिक सञ्जाल मार्फत् संग्रौलाले आत्मसमर्पणको शैलीमा केपी ओलीलाई साथ दिएका उनीहरुलाई अहिले ओलीले भाउ नदिँदा उनीहरुको राजनीतिक हैसियत कमजोर बनेको बताएका हुन्।

एमालेमा आन्तरिक विवाद चल्दा सुरुमा रावल, योगेश, घनश्याम लागायतका १० जना नेताले माधव नेपाललाई साथ दिएका थिए। एमाले अध्यक्षसमेत रहेका ओलीलाई सत्ताच्युत गर्न निर्णायक भूमिका खेलेका उनीहरुले एमाले विभाजनको बेला भने नेपालको साथ छाडेका थिए।

‘आफैँ इँइँ-मिमी गर्दै, हात मल्दै पाउमा लत्रिने भक्तलाई प्रभुले किन भाउ दिन्थ्यो?’ संग्रौलाले सोमबार बिहान सामाजिक सञ्जालमा लेखेका छन्, ‘हेर्नोस्त प्रभुद्वारा उपेक्षित रावल, योगेश, घनश्यामादिको बिजोक! न मुन्टो लुकाउने घर छ न घाट जाने बेला भा’छ। आफूलाई कठै भन्दिने आफूबाहेक कोही छैन!’

"Janadeshdaily.com"

यो नेपाली भाषाको डिजीटल पत्रिका हो । हामी तपाइँहरु समक्ष छुट्टै दृष्टिकोण र स्वादका समाचार पस्किने प्रयासमा छौं । तपाइँको सल्लाह र सुझाव हाम्रालागि सधैं मार्गदर्शक रहनेछ । यो डिजिटल पत्रिका हेर्नुभएकोमा हार्दिक धन्यवाद । देश र दुनियाँको हरपल ताजा जानकारीसहितका समाचारका लागि जनादेश दैनिक । समाचार वा जानकारी छन् भने तत्काल पठाउनुस् हामी वृहत पाठकसमक्षक पुर्‍याउने छौं । समाचार, जानकारी वा तस्विर तथा भिडियो पठाउने इमेल ठेगाना- info@janadeshdaily.com

     
प्रतिक्रिया दिनुहोस्