विष्णु माझीलाई फेरि खोज्दै प्रहरी, माइती घरमा पुगेर खोजतलास – Janadesh Daily | ePaper

विष्णु माझीलाई फेरि खोज्दै प्रहरी, माइती घरमा पुगेर खोजतलास


चर्चित लोकगायिका विष्णु माझीबारे राष्ट्रिय मानव अधिकार आयोगले चासो देखाएको छ। हजारौं गीत गाएर पनि गुमनाम जीवन बिताइरहेकी माझीको पछिल्लो गीत ‘चरी जेलैमा’ चर्चित भएपछि उनको अवस्थाबारे बहस नै सिर्जना भएको थियो।

उनको गुमनाम अवस्थालाई लिएर सामाजिक सञ्जालमा पनि विभिन्न टिप्पणी भइरहेका छन्। यसबीच आयोगले उनको अवस्थाबारे बुझ्न चासो देखाएको आयोगका प्रवक्ता टीकाराम पोखरेलले बताए।

आयोगले आइतबार विष्णु माझीको माइती जिल्ला स्याङ्जास्थित जिल्ला प्रशासन र प्रहरी कार्यालयहरुलाई पत्राचार गरी उनको अवस्था बुझ्न भनेको थियो। आयोगका प्रवक्ता पोखरेलले सामाजिक सञ्जालमा विष्णु माझीको अवस्था सार्वजनिक गर्नुपर्ने आवाज उठिरहेकाले आफूहरुले उनको परिवारसँग बुझ्ने प्रयास गरेको बताए ।

आयोगको चासोपछि उनको अवस्थाबारे बुझ्न जिल्ला प्रहरी कार्यालय स्याङ्जाले गायिका माझीको माइतीघरमा स्थाानीय प्रहरी टोली पठाएका थिए। तर, घरमा कोही पनि नभेटिएको स्याङजा प्रहरी प्रमुख, एसपी होबिन्द्र बोगटीले बताए। उनका अनुसार विष्णुका बाबुआमाको मृत्यु भइसकेको छ भने दाजु वैदेशिक रोजगारमा छन्।

तीज विशेष भन्दै माझीले गाएको ‘चरी जेलैमा’ गीतले पछिल्लो समय चर्चा मात्रै नभएर उनको नीजी जीवन सार्वजनिक हुनुपर्ने बहस पनि सृजना गरेको छ।

"Janadeshdaily.com"

यो नेपाली भाषाको डिजीटल पत्रिका हो । हामी तपाइँहरु समक्ष छुट्टै दृष्टिकोण र स्वादका समाचार पस्किने प्रयासमा छौं । तपाइँको सल्लाह र सुझाव हाम्रालागि सधैं मार्गदर्शक रहनेछ । यो डिजिटल पत्रिका हेर्नुभएकोमा हार्दिक धन्यवाद । देश र दुनियाँको हरपल ताजा जानकारीसहितका समाचारका लागि जनादेश दैनिक । समाचार वा जानकारी छन् भने तत्काल पठाउनुस् हामी वृहत पाठकसमक्षक पुर्‍याउने छौं । समाचार, जानकारी वा तस्विर तथा भिडियो पठाउने इमेल ठेगाना- info@janadeshdaily.com

     
प्रतिक्रिया दिनुहोस्