नेपाली टिमका बलरहरु धरासायी, ओमानसँग नेपाल ५ विकेटले पराजित – Janadesh Daily | ePaper

नेपाली टिमका बलरहरु धरासायी, ओमानसँग नेपाल ५ विकेटले पराजित


जनादेश वाच ।

आईसीसी विश्वकप क्रिकेट लिग-२ अन्तर्गत ओमानविरुद्धको खेलमा नेपाल पाँच विकेटले पराजित भएको छ। नेपालले दिएको १९७ रनको लक्ष्य ओमानले मात्र पाँच विकेट गुमाएर पूरा गरेको हो। ओमानले ३१.१ ओभर खेल्दै २०० रन जोडेको छ।

ओमानका लागि ओपनर जतिन्डर सिंहले सर्वाधिक १०७ रन बनाए। उनी कुशल मल्लको बलमा रोहित पौडेलबाट क्याचआउट भएका थिए।

मोहम्मद नादिमले ३८, सुरज कुमारले २०, आयन खानले १८ रनको योगदान गरे। सोइब खान ७, कप्तान जीशान मक्सुद ४ रन बनाएर आउट भएका थिए।

कुशल र करण केसीले ओमानको समान दुई/दुई विकेट लिए। सुशन भारीले एक विकेट हात पारे।

यसअघि अल अमेरत स्टेडियममा भएको खेलमा नेपालले टस जितेर पहिले ब्याटिङ गर्ने निर्णय गरेको थियो। नेपालले आसिफ शेखको ९० रनको मद्दतले ४७ ओभर ४ बलमा सबै विकेट गुमाउँदै १९६ रन जोडेको थियो।

कप्तान ज्ञानेन्द्र मल्ल र करण केसीले समान २१/२१, रोहित पौडेलले २० र सन्दीप लामिछानेले १६ रन जोडेका थिए।

यस्तै सोमपाल कामीले ७, विनोद भण्डारीले ६, कुशल मल्लले ४, विक्रम सोब र सुसन भारीले २/२ रन जोड्दा ओपनर कुशल भुर्तेलले खातासमेत खोल्न पाएनन्।

सोमबार भएको खेलमा नेपालले रन चेज गर्दै अमेरिकामाथि पाँच विकेटको जित हात पारेको थियो।

"Janadeshdaily.com"

यो नेपाली भाषाको डिजीटल पत्रिका हो । हामी तपाइँहरु समक्ष छुट्टै दृष्टिकोण र स्वादका समाचार पस्किने प्रयासमा छौं । तपाइँको सल्लाह र सुझाव हाम्रालागि सधैं मार्गदर्शक रहनेछ । यो डिजिटल पत्रिका हेर्नुभएकोमा हार्दिक धन्यवाद । देश र दुनियाँको हरपल ताजा जानकारीसहितका समाचारका लागि जनादेश दैनिक । समाचार वा जानकारी छन् भने तत्काल पठाउनुस् हामी वृहत पाठकसमक्षक पुर्‍याउने छौं । समाचार, जानकारी वा तस्विर तथा भिडियो पठाउने इमेल ठेगाना- info@janadeshdaily.com

     
प्रतिक्रिया दिनुहोस्