डडेल्धुराको वडा अधिवेशनलाई लिएर पौडेल पक्षले फेरि गरायो देउवाको ध्यानाकर्षण – Janadesh Daily | ePaper

डडेल्धुराको वडा अधिवेशनलाई लिएर पौडेल पक्षले फेरि गरायो देउवाको ध्यानाकर्षण


जनादेश, काठमाडौँ ।
नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेल समूहले डडेल्धुरामा पार्टीको वडा अधिवेशन फेरी गराउन निर्वाचन समितिलाई ध्यानाकर्षण गराएको छ ।
पार्टी केन्द्रीय कार्यालयमा निर्वाचन समितिसँग पौडेल समुहले डडेल्धुरामा वडा अधिवेशनमा धाँधली भएकोले फेरि गराउन माग गराएको हो । क्रियाशील सदस्यता विवाद समाधान नभइ प्रशासन लगाएर अधिवेशन गरेको भन्दै पुन वडा अधिवेशन गराउन माग गरेको हो । बरिष्ठ नेता पौडेल सहित महामन्त्री शंशाक कोइराला,कोषाध्यक्ष सीतादेवी यादव, पूर्वमहामन्त्री प्रकाशमान सिंह लगायत निर्वाचन समिति पुगेर पुन निर्वाचन गराउन माग गरेका हुन् ।
जवाफमा निर्वाचन समितिका संयोजक महादेवप्रसाद यादवले डडेल्धुरामा नियम संगत तरिकाले भएको भन्दै राजनीति हाबी भएको विवाद नगर्न आग्रह गरेका थिए । यसअघि पौडेल समूहले पत्रकार सम्मेलन गरेर डडेल्धुराको वडा अधिवेशनलाइ मान्यता नदिने भन्दै फेरि निर्वाचन गर्न माग गरेको थियो ।
"Janadeshdaily.com"

यो नेपाली भाषाको डिजीटल पत्रिका हो । हामी तपाइँहरु समक्ष छुट्टै दृष्टिकोण र स्वादका समाचार पस्किने प्रयासमा छौं । तपाइँको सल्लाह र सुझाव हाम्रालागि सधैं मार्गदर्शक रहनेछ । यो डिजिटल पत्रिका हेर्नुभएकोमा हार्दिक धन्यवाद । देश र दुनियाँको हरपल ताजा जानकारीसहितका समाचारका लागि जनादेश दैनिक । समाचार वा जानकारी छन् भने तत्काल पठाउनुस् हामी वृहत पाठकसमक्षक पुर्‍याउने छौं । समाचार, जानकारी वा तस्विर तथा भिडियो पठाउने इमेल ठेगाना- info@janadeshdaily.com

     
प्रतिक्रिया दिनुहोस्