एमालेद्वारा लुम्बिनी प्रदेश सभाको बैठक अवरुद्ध, एक घण्टाका लागि स्थगित – Janadesh Daily | ePaper

एमालेद्वारा लुम्बिनी प्रदेश सभाको बैठक अवरुद्ध, एक घण्टाका लागि स्थगित


जनादेश, बुटवल ।

एमालेको अवरोधका कारण लुम्बिनी प्रदेश सभाको बैठक एक घण्टाका लागि स्थगित भएको छ। एमालेले पार्टीको ह्वीप विपरीत सरकारलाई समर्थन गरेको भन्दै कारबाही गरेका सांसदद्वय अजयबहादुर शाही र विमला वलीलाई संसद सचिवालयले पदमुक्त नगर्दासम्म सदन चल्न नदिने अडान राख्दै बैठक अवरुद्ध गरेको हो । सभामुख पूर्ण बहादुर घर्तीले एक घण्टाका लागि बैठक स्थगित गरेका हुन्।

एमालेका सांसदहरूले प्रदेश सभा बैठकमा ‘अनुशासनहीन सांसदलाई कारबाही गर’, ‘संसद्को मर्यादा कायम गर’, ‘पक्षपात गर्न पाईँदैन’, ‘सदनमा निष्पक्षता कायम गर’ जस्ता नारा लगाएका थिए।

"Janadeshdaily.com"

यो नेपाली भाषाको डिजीटल पत्रिका हो । हामी तपाइँहरु समक्ष छुट्टै दृष्टिकोण र स्वादका समाचार पस्किने प्रयासमा छौं । तपाइँको सल्लाह र सुझाव हाम्रालागि सधैं मार्गदर्शक रहनेछ । यो डिजिटल पत्रिका हेर्नुभएकोमा हार्दिक धन्यवाद । देश र दुनियाँको हरपल ताजा जानकारीसहितका समाचारका लागि जनादेश दैनिक । समाचार वा जानकारी छन् भने तत्काल पठाउनुस् हामी वृहत पाठकसमक्षक पुर्‍याउने छौं । समाचार, जानकारी वा तस्विर तथा भिडियो पठाउने इमेल ठेगाना- info@janadeshdaily.com

     
प्रतिक्रिया दिनुहोस्