भारतमा दैनिक सङ्क्रमितको सङ्ख्यामा फेरि बृद्धि – Janadesh Daily | ePaper

भारतमा दैनिक सङ्क्रमितको सङ्ख्यामा फेरि बृद्धि


नयाँदिल्ली ।

भारतमा कोरोनाभाइरसबाट दैनिक सङ्क्रमितहरुको सङ्ख्यामा फेरि बृद्धि भएको छ । बुधबार सार्वजनिक गरिएको विवरणमा पछिल्लो एक दिनमा थप २७ हजार १७६ जना सङ्क्रमित भएका थिए भने बिहीबार सार्वजनिक गरिएको विवरणमा ३० हजारभन्दा बढी सङ्क्रमित भएको उल्लेख छ ।

बुधबारसम्म चार दिनसम्म एक दिनमा ३० हजारभन्दा कम सङ्क्रमित भएका थिए । ती बिहीबार भने त्यो सङ्ख्या बढेर ३० हजारभन्दा बढी भएको छ । सरकारी अधिकारीहरुले बिहीबार विहान दिएको जानकारीअनुसार भारतमा पछिल्लो २४ घण्टामा ३० हजार ५७० जना नयाँ सङ्क्रमित थपिएका छन् ।

योसँगै भारतमा अहिलेसम्म कुल सङ्क्रमितहरुको सङ्ख्या तीन करोड ३३ लाख ४७ हजार ३२५ पुगेको केन्द्रीय स्वास्थ्य मन्त्रालयले जनाएको छ । पछिल्लो एक दिनमा भारतको केरलामा मात्रै १७ हजार ६८१ जना नयाँ सङ्क्रमित थपिएका छन् ।

भारतमा दैनिक सङ्क्रमितको सङ्ख्या ५० हजारभन्दा कम भएको ८१ दिन भएको छ । भारतमा अहिले सङ्क्रमित अवस्थामै रहेकाहरुको सङ्ख्या तीन लाख ४२ हजार ९२३ रहेको छ ।

पछिल्लो २४ घण्टामा ३८ हजार ३०३ जना सङ्क्रमणमुक्त भएका छन् । योसँगै देशभरी अहिलेसम्म सङ्क्रमणमुक्त भएकाहरुको कुल सङ्ख्या तीन करोड २५ लाख ६० हजार ४७४ रहेका छन् ।

"Janadeshdaily.com"

यो नेपाली भाषाको डिजीटल पत्रिका हो । हामी तपाइँहरु समक्ष छुट्टै दृष्टिकोण र स्वादका समाचार पस्किने प्रयासमा छौं । तपाइँको सल्लाह र सुझाव हाम्रालागि सधैं मार्गदर्शक रहनेछ । यो डिजिटल पत्रिका हेर्नुभएकोमा हार्दिक धन्यवाद । देश र दुनियाँको हरपल ताजा जानकारीसहितका समाचारका लागि जनादेश दैनिक । समाचार वा जानकारी छन् भने तत्काल पठाउनुस् हामी वृहत पाठकसमक्षक पुर्‍याउने छौं । समाचार, जानकारी वा तस्विर तथा भिडियो पठाउने इमेल ठेगाना- info@janadeshdaily.com

     
प्रतिक्रिया दिनुहोस्