एमाले भेलामा माधव नेपालबारे ओली र अष्टलक्ष्मीको जुहारी, १० बुँदेबारे पनि ईश्वरको कडा जवाफ – Janadesh Daily | ePaper

एमाले भेलामा माधव नेपालबारे ओली र अष्टलक्ष्मीको जुहारी, १० बुँदेबारे पनि ईश्वरको कडा जवाफ


जनादेश, काठमाडौं ।

पार्टीको काठमाडौ जिल्ला कमिटीले आयोजना गरेको कार्यक्रम नेकपा एमालेका नेताहरुबीच रोचक जुहारी चलेको छ ।

कार्यक्रममा अध्यक्ष केपी शर्मा ओलीले पार्टीमा माधव नेपाल आवश्यक नभएको बताए भने सोही कार्यक्रममा उपाध्यक्ष अष्टलक्ष्मी शाक्यले माधव नेपाललाई पार्टीमा फर्किन आग्रह गरिन् ।

अष्टलक्ष्मी शाक्यलाई जवाफ दिँदै ओलीले माधव नेपालको आवश्यकता नरहेको तर भ्रममा परेर गएकाहरुको भने आवश्यकता रहेको बताएका हुन् ।

अध्यक्ष ओलीले अधिकांश समय माधव नेपालप्रति कटाक्ष गरेका थिए । लोकप्रिय एमाले सरकार ढाल्ने काममा नेपालनै प्रमुख पात्र रहेको आरोप उनले लगाए ।

ओलीले माओवादीको पनि आलोचना गरे । माओवादी केन्द्र नामको पार्टी एउटा गुटमा मात्र सिमित रहेको अध्यक्ष ओलीको आरोप छ । माओवादी केन्द्र एमालेसँग एकतामा आइसकेकाले प्रचण्डको पार्टी गुटमा मात्र सीमित भएको र आउने निर्वाचनबाट पत्तासाप हुने ओलीको दावी छ ।

उक्त कार्यक्रममा नेताहरुबीच १० बुँदे कार्यान्वयनका विषयमा पनि फरक फरक धारणा आएको छ । उपाध्यक्ष शाक्यले पार्टीमा १० बुँदे सहमतिको आधारमा जेठ २ को अवस्थाबाट अघि बढिसकेको र त्यसमा कञ्जुस्याई नगर्न पार्टी नेतृत्वलाई आग्रह गरिन् । तर पार्टी महासचिव ईश्वर पोखरेलले भने पछिल्लो पटक समायोजन भएपछिको अवस्थाबाट फर्किन नसक्ने बताए ।

पार्टी थुप्रै परिस्थितिबाट अघि बढेको र पछिल्लो पटक समायोजन भएकाहरुलाई गलहत्याएर जेठ २ को अनिवार्यतामा पार्टी फर्किन नसक्ने महासचिव पोखरेलको भनाई छ ।

"Janadeshdaily.com"

यो नेपाली भाषाको डिजीटल पत्रिका हो । हामी तपाइँहरु समक्ष छुट्टै दृष्टिकोण र स्वादका समाचार पस्किने प्रयासमा छौं । तपाइँको सल्लाह र सुझाव हाम्रालागि सधैं मार्गदर्शक रहनेछ । यो डिजिटल पत्रिका हेर्नुभएकोमा हार्दिक धन्यवाद । देश र दुनियाँको हरपल ताजा जानकारीसहितका समाचारका लागि जनादेश दैनिक । समाचार वा जानकारी छन् भने तत्काल पठाउनुस् हामी वृहत पाठकसमक्षक पुर्‍याउने छौं । समाचार, जानकारी वा तस्विर तथा भिडियो पठाउने इमेल ठेगाना- info@janadeshdaily.com

     
प्रतिक्रिया दिनुहोस्