चाड पर्व सुरु भएपछि सरकार सतर्क,आजदेखि काठमाडौंमा कडाई, यी बुँदा पालना नगरे कारवाही ! – Janadesh Daily | ePaper

चाड पर्व सुरु भएपछि सरकार सतर्क,आजदेखि काठमाडौंमा कडाई, यी बुँदा पालना नगरे कारवाही !


जनादेश वाच ।

नेपालमा कोरोनाको तेस्रो लहरको डरको बीचमा चाडपर्वको समय सुरु हुनै लागेको छ । कम्तीमा पनि दुई महिना सम्म चल्ने चाडपर्व जारी रहनेछ । यो पर्व अन्य देश को तुलना मा नेपालमा धेरै धूमधाम संग मनाईन्छ। यो पर्वमा एक अर्काको घर मा मानिसहरु को यात्रा बढ्नेछसाथै धार्मिक स्थलहरुमा भिडभाड हुन्छ । चाडपर्वका लागि चाहिने सामानहरुको लागि मानिसहरु किनमेल र यात्रा को लागी बाहिर निस्किन्छन् ।

एकातिर चाडपर्वको धूमधाम छ चली रहेको छ भने अर्कोतिर स्वास्थ्य विज्ञहरु लगातार कोरोना भाइरसको तेस्रो लहरको सम्भावनालाई ध्यानमा राखी सावधानी अपनाउन जनतालाई अपील गरिरहेका छन्। दोस्रो लहर अझै पनी देश को बिभिन्न भागहरुमा अवस्थित छ ।

काठमाडौंमा आजदेखि कडाई

कोरोना नियन्त्रणबारे काठमाडौं जिल्ला प्रशासन कार्यालयले आज (बिहीबार) देखि लागू हुनेगरी ७ बुँदे आदेश जारी गरेको छ। अर्को आदेश जारी नभएसम्मका लागि प्रमुख जिल्ला अधिकारी गोविन्दप्रसाद रिजालले काठमाडौं जिल्लामा पालना गरिनुपर्ने नियम जारी गरेका हुन्।

जारी सूचनामा अनावश्यक रूपमा घबारट बाहिर ननिस्कने, एकै ठाउँ धेरै मानिस जम्मा नहुने, चाडबाडका नाममा भोजभतेर, भीडभाड नगर्ने, स्वास्थ्यको मापदण्ड पालना गरेर पर्व मनाउने उल्लेख छ।

यस्तै शैक्षिक संस्था (विद्यालय) ले भौतिक उपस्थितिमा पठनपाठन गर्न/गराउन नपाउने र गर्नैपर्ने भए सम्बन्धित स्थानीय तहले आआफ्ना क्षेत्रमा संक्रमणको जोखिम विचार गरेर स्थानीय सरोरकारवालासँग छलफल गरी तथा जिल्ला कोभिड–१९ संकट व्यवस्थापनसँग सल्लाह गरेर मात्र सञ्चालन गर्न सकिने आदेशमा भनिएको छ।

त्यस्तै स्थानीय ढुवानी बिहान ९ बजेदेखि ११ बजेसम्म र अपराह्न ४ बजेदेखि साँझ ७ बजेसम्म मात्र गर्न पाइने काठमाडौं जिल्ला प्रशासन कार्यालयले जनाएको छ। आदेश उल्लंघन गरे कारबाही गरिने चेतानवीसमेत प्रशासनले दिएको छ।

 

यी कुराहरु ध्यानमा राख्नुहोस्

घरबाट बाहिर जानु पहिले यी कुरामा ध्यान दिने

–मास्क ,फेसमास्क, पन्जा अवश्य प्रयोग गर्ने ।

–आफ्नो साथमा ह्यान्ड सेनिटाइजर र एक्स्ट्रा फेसमास्क बोक्ने ।

–टिस्यु अर्थात नैपकिन साथमा राख्ने ।

–पानीको बोतल साथमा राख्ने ।

भिडभाडमा सामाजिक दरी कायम गर्ने

– भिडभाडमा बस्दा ६ फिट टाढा बस्ने ।

–भिडभाडमा बस्दा डबल मास्कको प्रयोग गर्ने

– भिडभाडमा बस्दा वा बस स्टेशनमा बस्दा केही पनि नखाने ।

–बसमा सवार हुनु भन्दा पहिले वा सवार पछि स्यानिटाइजर प्रयोग गर्ने ।

सामान किनबेच गर्दा ध्यान दिनुपर्ने कुराहरु

–बढी भिडभाड भएको स्थानमा नजाने ।

–बाहिर जानु पहिले सामानको लिस्ट तयार गर्ने ।

–ह्यान्ड क्यारी ब्याग आफ्नो साथमा लिएर जाने ।

–सामाजिक दुरी कायम गर्ने ।

–मास्क फेसमास्क प्रयोग गर्न नभुल्ने ।

–बच्चालाई साथमा नलैजाने ।

–सामान किन्नु पहिले स्यानिटाइजर प्रयोग गर्ने ।

"Janadeshdaily.com"

यो नेपाली भाषाको डिजीटल पत्रिका हो । हामी तपाइँहरु समक्ष छुट्टै दृष्टिकोण र स्वादका समाचार पस्किने प्रयासमा छौं । तपाइँको सल्लाह र सुझाव हाम्रालागि सधैं मार्गदर्शक रहनेछ । यो डिजिटल पत्रिका हेर्नुभएकोमा हार्दिक धन्यवाद । देश र दुनियाँको हरपल ताजा जानकारीसहितका समाचारका लागि जनादेश दैनिक । समाचार वा जानकारी छन् भने तत्काल पठाउनुस् हामी वृहत पाठकसमक्षक पुर्‍याउने छौं । समाचार, जानकारी वा तस्विर तथा भिडियो पठाउने इमेल ठेगाना- info@janadeshdaily.com

     
प्रतिक्रिया दिनुहोस्