विश्व बैंकले बन्द गर्‍यो ‘डुइङ विजनेस रिपोर्ट’ प्रकाशन – Janadesh Daily | ePaper

विश्व बैंकले बन्द गर्‍यो ‘डुइङ विजनेस रिपोर्ट’ प्रकाशन


अन्तर्राष्ट्रिय अपडेट ।
विश्व बैंकले आफ्नो लोकप्रिय प्रकाशन ‘इज अफ डुइङ विजनेस रिपोर्ट’ प्रकाशन बन्द गर्ने भएको छ । विश्व बैंकको उक्त वार्षिक फ्ल्यागशीप प्रकाशन लगानीकर्ताहरू र लगानीसम्बन्धी वातावरण सुधारका लागि नीति निर्माताहरूका लागि मार्गदर्शनका रूपमा रहँदै आएको थियो ।

सन् २०१८ र २०२० को डुइङ विजनेस सम्बन्धी प्रतिवेदनको तथ्यांकमा अनियमितता भएको भन्दै विश्व बैंकले छानबिनका लागि यसको उपाध्यक्षको नेतृत्वमा छानबिन टोली बनाएको थियो । विश्व बैंकले सन् २००३ देखि प्रकाशन थालेको लगानी सहजता सम्बन्धी प्रतिवेदन बेला–बेलामा विवादमा आएपनि विश्वका लगानीकर्ताका लागि महत्वपूर्ण अनुसन्धानमूलक दस्तावेजका रूपमा रहँदै आएको थियो ।

विश्व बैंक्ले सन् २०१८ र सन् २०२० को प्रतिवेदन विवादीत बनेपछि नयाँ प्रकाशन रोकेर थप आन्त्रिक छानबिन अघि बढाएकोमा यसको अनुसन्धान विधि परिवर्तन गर्ने र त्यसको संपरीक्षण गर्ने विश्व बैंकले उल्लेख गरेको थियो ।

‘विश्व बैंकको अनुसन्धान सबैका लागि विश्वसनीय हुनुपर्छ,’ विश्व बैंकले भनेको छ, ‘विश्व बैंकको अनुसन्धानले नीति निर्माताहरूलाई प्रमाणिक आधारसहित सामाजिक र आर्थिक सुधारका लागि थप कदम चाल्न सहयोग गर्छ । सही हस्तक्षेपका लागि अनुसन्धान र सुझाव यथार्थ हुनुपर्छ ।’

विश्व बैंकको डुइङ विजनेस रिपोर्ट निजी क्षेत्र, नागरिक समाज, प्राज्ञिक क्षेत्र, पत्रकारहरूका लागि विश्वव्यापी सवालहरूबारे जानकारी लिन उपयुक्त माध्यम बनेको थियो ।

डुइङ विजनेस रिपोर्टका सम्बन्धमा विगतका समीक्षा, संपरीक्षण गरी विश्व बैंकले यसलाई बन्द गर्ने निर्णय लिएको जनाएको छ । यद्यपि विश्व बैंकले आफू निजी क्षेत्र विकासको मुद्दामा प्रतिवद्ध रहेको दोहोर्‍याउँदै उसले काम गरिरहेका देशका सरकारलाई निजी क्षेत्रका लागि नियामकीय वातावरण मिलाउन काम गरिरहेने प्रतिवद्धता जनाएको छ ।

विश्व बैंकले आगामी दिनमा व्यवसाय र लगानी सम्बन्धमा नयाँ पहल शुरु गर्ने जनाएको छ ।

"Janadeshdaily.com"

यो नेपाली भाषाको डिजीटल पत्रिका हो । हामी तपाइँहरु समक्ष छुट्टै दृष्टिकोण र स्वादका समाचार पस्किने प्रयासमा छौं । तपाइँको सल्लाह र सुझाव हाम्रालागि सधैं मार्गदर्शक रहनेछ । यो डिजिटल पत्रिका हेर्नुभएकोमा हार्दिक धन्यवाद । देश र दुनियाँको हरपल ताजा जानकारीसहितका समाचारका लागि जनादेश दैनिक । समाचार वा जानकारी छन् भने तत्काल पठाउनुस् हामी वृहत पाठकसमक्षक पुर्‍याउने छौं । समाचार, जानकारी वा तस्विर तथा भिडियो पठाउने इमेल ठेगाना- info@janadeshdaily.com

     
प्रतिक्रिया दिनुहोस्