किन हटाईए दरबारमार्ग वृत्तबाट डीएसपी रन्जन दाहाल ? – Janadesh Daily | ePaper

किन हटाईए दरबारमार्ग वृत्तबाट डीएसपी रन्जन दाहाल ?


जनादेश संवाददाता

काठमाडौं । दरबारमार्ग वृतका डीएसपी रन्जन दाहाललाई सो वृत्तबाट हटाई प्रहरी प्रशिक्षण (एकेडेमी) मा तानिएको छ।

डीएसपी दाहाल नेतृत्वको टोलीले मंगलबार कमलपोखरीबाट १५ किलो सुन बरामद गरेको समाचार आएको थियो । तर चेकजाँचका क्रममा साढे १४ केजी सुन नक्कली परेको पत्रकार सम्मेलनमार्फत जानकारी दिइएको थियो ।

सुन भनेर हल्ला फैलाइएको उक्त वस्तु चाँदी भएको पत्ता लागेपछि घटना झनै संकास्पद बनेको थियो । घटना संकास्पद भएको भन्दै प्रहरी वरिष्ठ उपरिक्षक(एसएसपी) सुशीलकुमार यादवको संयोजकत्वमा छानबिन समिति गठन गरिएको छ । तर सो क्षेत्रको सीसीटीभी फुटेजमा भने त्यस्तो कुनै घटना नभएको देखिएको बताइएको छ ।

प्रहरीले गाडीबाट फालिएको झोलामा धातु र हतियार बरामद भएको बताए पनि सीसीटीभी फुटेजमा भने फालेको नभई गाडीमा सवार व्यक्तिले प्रहरीलाई झोला दिएको खुलासा भएको श्रोतले जानकारी दियो ।

उक्त घटनामा संलग्न रहेको आरोपमा अपराध महाशाखाको समन्वयमा जिप्रका नवलपरासी पूर्वले तीन जनालाई पक्राउ गरेको छ ।

"Janadeshdaily.com"

यो नेपाली भाषाको डिजीटल पत्रिका हो । हामी तपाइँहरु समक्ष छुट्टै दृष्टिकोण र स्वादका समाचार पस्किने प्रयासमा छौं । तपाइँको सल्लाह र सुझाव हाम्रालागि सधैं मार्गदर्शक रहनेछ । यो डिजिटल पत्रिका हेर्नुभएकोमा हार्दिक धन्यवाद । देश र दुनियाँको हरपल ताजा जानकारीसहितका समाचारका लागि जनादेश दैनिक । समाचार वा जानकारी छन् भने तत्काल पठाउनुस् हामी वृहत पाठकसमक्षक पुर्‍याउने छौं । समाचार, जानकारी वा तस्विर तथा भिडियो पठाउने इमेल ठेगाना- info@janadeshdaily.com

     
प्रतिक्रिया दिनुहोस्