क्यान महासंघ दाङको नवौँ वार्षिक साधारण सभा सम्पन्न – Janadesh Daily | ePaper

क्यान महासंघ दाङको नवौँ वार्षिक साधारण सभा सम्पन्न


जनादेश, दाङ. ।
मिति २०७८ साल असोज १५ गतेका दिन कम्प्युटर एशोसियशन नेपाल (क्यान) महासंघ दाङको नवौँ वार्षिक साधारण सभा क्यान महासंघ दाङका अध्यक्ष श्री कर्ण बहादुर पुनको अध्यक्षता तथा क्यान महासंघका केन्द्रिय उपाध्यक्ष श्री रेशम गिरीको प्रमुख अतिथ्यतामा सम्पन्न भएको छ ।
May be an image of 7 people, including Bhimsen Giri, people sitting and people standing
आजको समयमा देश विकासको मेरुदण्ड नै सूचना तथा सञ्चार प्रविधि भएकोले यसको उच्चतम प्रयोगले मात्र डिजीटल नेपाल निर्माणको परिकल्पना साकार पार्न सकिन्छ भन्ने अवधारणा सहित समाज परिवर्तनका लागि यस जिल्लामा रहनुभएका सूचना तथा सञ्चार प्रविधिसंग सम्बन्धित उद्यमी व्यवसायीहरु तथा विभिन्न तहमा रहेर सूचना तथा सञ्चार प्रविधिको क्षेत्रमा सेवा दिई रहनु भएका व्यक्ति तथा संस्थाहरुलाई एकताबद्ध गरी कम्प्युटर एसोसिएसन नेपाल महासंघ केन्द्रसंग पनि पूर्ण सहयोग लिएर यो संस्था अगाडि बढेको छ । कम्प्युटर एसोसिएसन नेपाल महासंघ, दाङले सूचना तथा सञ्चार प्रविधिका माध्यमबाट लुम्बिनी प्रदेश तथा खासगरी दाङ जिल्लामा प्राविधिक सेवा, ज्ञान, सीप र दक्षता प्रदान गरी राष्ट्रिय विकाशमा महत्वपूर्ण भूमिका निर्वाह गरिरहेको छ ।

May be an image of 9 people, including Bhumika Roka Gc, people sitting, people standing and indoor
राप्ती इञ्जिनियरिङ कलेज घोराहीको सभाहलमा भएको साधारण सभामा अध्यक्षको वार्षिक प्रगति प्रतिवेदन कर्ण बहादुर पुन तथा कोषाध्यक्षको प्रतिवेदन कोषाध्यक्ष मदन खनालले प्रस्तुत गर्नु भएको थियो । प्रमुख अतिथि, क्यान महासंघ नेपालका केन्द्रिय उपाध्यक्ष श्री रेशम गिरी, विशिष्ठ अतिथि, क्यान महासंघका केन्द्रिय सदस्य श्री धु्रवराज शर्मा, विशिष्ठ अतिथि, क्यान महासंघ नेपालका केन्द्रिय लेखासमिति सदस्य तथा क्यान महासंघ नेपाल दाङका निबर्तमान अध्यक्ष श्री भिमसेन गिरी, विशिष्ठ अतिथि क्यान महासंघ लुम्विनी प्रदेशका अध्यक्ष श्री कृष्ण बहादुर ओली, अतिथि क्यान महासंघ लुम्विनी प्रदेशका उपाध्यक्ष श्री भोजराज तिमिल्सीना, अतिथि क्यान महासंघ लुम्विनी प्रदेशका सदस्य श्री शिसिर पौडेल, अतिथि इञ्जिनियरिङ टोल विकास संस्थाका अध्यक्ष खिम बहादुर नाथ लगायतले शुभकामना मन्तव्य दिनु भएको थियो ।

May be an image of 8 people, people sitting and people standing

क्यान महासघ दाङका सदस्य विश्वबन्धु थापाको स्वागत मन्तव्यबाट सुरु भएको कार्यक्रमको सजीकरण क्यान महासघ दाङका उपाध्यक्ष ई माधव अधिकारीले गर्नु भएको थियो ।

"Janadeshdaily.com"

यो नेपाली भाषाको डिजीटल पत्रिका हो । हामी तपाइँहरु समक्ष छुट्टै दृष्टिकोण र स्वादका समाचार पस्किने प्रयासमा छौं । तपाइँको सल्लाह र सुझाव हाम्रालागि सधैं मार्गदर्शक रहनेछ । यो डिजिटल पत्रिका हेर्नुभएकोमा हार्दिक धन्यवाद । देश र दुनियाँको हरपल ताजा जानकारीसहितका समाचारका लागि जनादेश दैनिक । समाचार वा जानकारी छन् भने तत्काल पठाउनुस् हामी वृहत पाठकसमक्षक पुर्‍याउने छौं । समाचार, जानकारी वा तस्विर तथा भिडियो पठाउने इमेल ठेगाना- info@janadeshdaily.com

     
प्रतिक्रिया दिनुहोस्