सेवादिन बार निर्धारण – Janadesh Daily | ePaper

सेवादिन बार निर्धारण


काठमाडौँ,
जिल्ला प्रशासन कार्यालय, काठमाडौँ
कोभिड–१९ को जोखिम बढेपछि जिल्ला प्रशासन कार्यालय काठमाडाँैले फरकफरक बारमा फरकफरक स्थानीय तहका नागरिकलाई सेवा दिने भएको छ ।
यही साउन १८ गतेदेखि लागू हुने गरी उक्त निर्णय गरिएको कार्यालयले एक सूचना जारी गरी जनाएको हो ।
सूचनाका अनुसार आइतबार र बिहीबार काठमाडौँ महानगरपालिकाका नागरिकले सेवा पाउनेछन् । यस्तै सोमबार कीर्तिपुर, नागार्जुन ,चन्द्रागिरि तथा नगपालिकाका नागरिकले सेवा पाउनेछन् ।
यस्तै बुधबार बूढानीलकण्ठ, टोखा र कागेश्वरीमनहरा तथा शुक्रबार गोकर्णेश्वर, शङ्खरापुर, दक्षिणकाली र तारकेश्वर नगरपालिकाका नागरिकले सेवा पाउने छन् । रासस
"Janadeshdaily.com"

यो नेपाली भाषाको डिजीटल पत्रिका हो । हामी तपाइँहरु समक्ष छुट्टै दृष्टिकोण र स्वादका समाचार पस्किने प्रयासमा छौं । तपाइँको सल्लाह र सुझाव हाम्रालागि सधैं मार्गदर्शक रहनेछ । यो डिजिटल पत्रिका हेर्नुभएकोमा हार्दिक धन्यवाद । देश र दुनियाँको हरपल ताजा जानकारीसहितका समाचारका लागि जनादेश दैनिक । समाचार वा जानकारी छन् भने तत्काल पठाउनुस् हामी वृहत पाठकसमक्षक पुर्‍याउने छौं । समाचार, जानकारी वा तस्विर तथा भिडियो पठाउने इमेल ठेगाना- info@janadeshdaily.com

     
प्रतिक्रिया दिनुहोस्