२४ घण्टामा नेपालमा ६३६ कोरोना संक्रमित, ११ जनाको मृत्यु – Janadesh Daily | ePaper

२४ घण्टामा नेपालमा ६३६ कोरोना संक्रमित, ११ जनाको मृत्यु


जनादेश, काठमाण्डौं । पछिल्लो २४ घण्टामा ७६० जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ६,१६८ पीसीआर परीक्षणमा ६३६ र ५,८६३ एन्टिजेन परीक्षणमा १२४ जना गरी ७६० जनामा संक्रमण पुष्टि भएको हो ।

मन्त्रालयका अनुसार ८९९ जना निको भएका छन् भने ११ जनाको मृत्यु भएको छ । हालसम्म कोरोना भाइरस संक्रमणका कारण मृत्यु हुनेको संख्या ११ हजार २२१ पुगेको छ ।

हाल देशभर कोरोना भाइरसका सक्रिय संक्रमित १५ हजार ३४० जना छन् । तीमध्ये १४ हजार १६८ जना होम आइसोलेसनमा र ११७२ जना संस्थागत आइसोलेसनमा छन् । संस्थागत आइसोलेसनमा रहेकामध्ये ३१७ जना आईसीयूम र ११३ जना भेन्टिलेटरमा उपचाररत छन् ।

पछिल्लो २४ घण्टामा काठमाडौंमा १२५, कास्कीमा १०९, ललितपुरमा ५७, झापमा ४१, चितवनमा २९, भक्तपुरमा २५, सुनसरीमा २३, रुपन्देहीमा २२, स्याङ्जामा २१, दाङ र मोरङमा १६/१६, कैलालीमा १२, बाँकेमा ११, नवलपरासी पूर्वमा १० जना संक्रमित भेटिएका छन् ।

"Janadeshdaily.com"

यो नेपाली भाषाको डिजीटल पत्रिका हो । हामी तपाइँहरु समक्ष छुट्टै दृष्टिकोण र स्वादका समाचार पस्किने प्रयासमा छौं । तपाइँको सल्लाह र सुझाव हाम्रालागि सधैं मार्गदर्शक रहनेछ । यो डिजिटल पत्रिका हेर्नुभएकोमा हार्दिक धन्यवाद । देश र दुनियाँको हरपल ताजा जानकारीसहितका समाचारका लागि जनादेश दैनिक । समाचार वा जानकारी छन् भने तत्काल पठाउनुस् हामी वृहत पाठकसमक्षक पुर्‍याउने छौं । समाचार, जानकारी वा तस्विर तथा भिडियो पठाउने इमेल ठेगाना- info@janadeshdaily.com

     
प्रतिक्रिया दिनुहोस्