तपाईंलाई थाहा छ पनीर खानुका यी फाइदा ! – Janadesh Daily | ePaper

तपाईंलाई थाहा छ पनीर खानुका यी फाइदा !


जनादेश हेल्थ डेस्क ।

भोजमा प्राय परिकारमा पनीर अवश्य हुन्छ । मासुको परिकारलाई पनीरका परिकारले टक्कर दिइरहेको हुन्छ । साकाहारीका लागि पनीरको परिकार भोजहरुमा प्राय अनिवार्य नै हुने गर्छ ।

पनीरका परिकार खानमा स्वादिष्ट हुनुका साथै स्वास्थ्यका लागि पनि फाइदाजनक छ । पनीर दुधबाट बन्ने भएकाले पोषिले हुने त भइगयो । यसमा प्रोटिन, क्याल्सियम, फस्फोरस, भिटामिन ए, डी पाइन्छ ।

पर्याप्त प्रोटिन
प्रोटिनले शरीरलाई शक्ति दिने मात्र नभइ मांशपेशीलाई पनि मजवुत बनाउँछ । प्रोटिन उचित मात्रामा खाँदा यसले तौललाई सन्तुलनमा राख्छ ।

प्रोटिनको राम्रो स्रोत हो पनीर । त्यसैले शरीरलाई चाहिने प्रोटिनका लागि बच्चादेखि जेष्ठ नागरिकले पनीरको सेवन गर्नु पर्छ । यसमो मात्रामा भने ध्यान दिनुपर्छ । बढी प्रोटिन वा धेरै पनीर खाँदा पाचनमा समस्या हुनसक्छ ।

दाँत र हड्डी बलियो हुन्छ
बढ्दो उमेरसँगै दाँत र हड्डीहरु कमजोर हुँदै जान्छन् । दाँत तथा हडुडी बलियो बनाउनको लागि क्याल्सियमको आवश्यकता पर्छ । हामीले दैनिक गर्ने भोजनमा क्याल्सियम छ कि छैन भन्ने ख्याल गर्नुपर्छ ।

क्याल्सियमको कमीले ओस्टियोपोरोसिस नामक हड्डीसम्बन्धी रोगको जोखिम बढ्छ । ओस्टियोपोरोसिसमा हड्डी पातलो वा कमजोर हुन थाल्छ । साथै यसमा हड्डी ट्ट्ने जोखिम पनि हुन्छ ।

पनीर क्याल्सियमको राम्रो स्रोत हो । त्यसैले खानामा यसलाई समावेश गर्नुपर्छ । जसकारण दाँत र हड्डी स्वस्थ रहन्छन् ।

डिप्रेसनबाट बचाउँछ
सन्तुलित आहारले तनावलाई कम गर्न सक्छ । यस परिस्थितिमा पनीरलाई खानामा समावेश गर्नु लाभदायक हुन्छ ।

रोग प्रतिरोध क्षमतामा सहायक
प्रोटिन केवल मांशपेशीको लागि मात्र लाभदायक नभई इम्यूनिटीको लागि पनि महत्वपूर्ण हुन्छ । पनीरलाई इम्यूनिटी बुस्ट गर्ने तत्वको रुपमा लिइन्छ । त्यसैले पनीरको सेवन इम्युनिटीको लागि प्रभावकारी हुन सक्छ ।

गर्भवती महिलालाई फाइदा
गर्भावस्थाको समयमा महिलालाई प्रोटिन र आइरनको आवश्यकता पर्छ । यस्तो अवस्थामा पोषकतत्वले भरिपूर्ण पनीर गर्भवती महिलाको लागि लाभदायक हुन्छ ।

"Janadeshdaily.com"

यो नेपाली भाषाको डिजीटल पत्रिका हो । हामी तपाइँहरु समक्ष छुट्टै दृष्टिकोण र स्वादका समाचार पस्किने प्रयासमा छौं । तपाइँको सल्लाह र सुझाव हाम्रालागि सधैं मार्गदर्शक रहनेछ । यो डिजिटल पत्रिका हेर्नुभएकोमा हार्दिक धन्यवाद । देश र दुनियाँको हरपल ताजा जानकारीसहितका समाचारका लागि जनादेश दैनिक । समाचार वा जानकारी छन् भने तत्काल पठाउनुस् हामी वृहत पाठकसमक्षक पुर्‍याउने छौं । समाचार, जानकारी वा तस्विर तथा भिडियो पठाउने इमेल ठेगाना- info@janadeshdaily.com

     
प्रतिक्रिया दिनुहोस्